बुधबार, वैशाख १२, २०८१

‘भ्यालेन्टाइन डे विथ ओपो’ कन्टेष्टका विजेता घोषित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपोले ‘भ्यालेन्टाईन्स डे विथओपो’ कन्टेष्टका विजेताहरुको घोषणा गरेको छ । ओपोले भ्यालेन्टाईन्स डे र यसलाई रुचिपूर्वक मनाउने यूवा जमातलाई लक्षित गर्दै यो कन्टेष्टको घोषणा गरेको हो। 

फेबु्रअरी ५ देखि ११ सम्म कम्पनीको आधिकारिक सामाजिक सञ्जाल (फेसबुक र ईन्स्टाग्राम) मार्फत सञ्चालित उक्त कन्टेष्टमा यूवा जमातको चाखलाग्दो सहभागिता देखिएको थियो।

प्रतियोगितामा सहभागिताका लागि ईच्छुकले कम्पनीको आधिकारिक फेसबुक वा ईन्स्टाग्राम पेजमा आफ्ना प्रियजनसंग आफ्नो एक तस्विर ह्याशट्यागओपोडेट र ह्यासट्यागओपोएनपीको अनिवार्य प्रयोग सहित पोष्ट गर्न आग्रह गरिएको थियो। 

सहभागी मध्य प्रतिना प्रधान र आयुश कार्की कन्टेष्टका विजेताका रुपमा छनोटमा परेका छन्। दुबै विजेताले कम्पनीका तर्फका फेब्रुअरी १४, भयालेन्टाइन्स डेका दिनमा दूई–दूई जनाका लागि  पूर्ण प्रायोजित ‘आपो डेट’ जितेका छन्।

‘स्थानिय तथा अन्तरराष्ट्रिय विशेष अवसरलाई दृष्टिगत गर्दै आयोजित यस्ता प्रतियोगितालाई हामीले आफ्ना उपभोक्तासंग नजिकिने सटिक माध्यमका रुपमा लिने गरेका छौँ । वैश्विक ब्राण्डका रुपमा हामी स्थानियकरणलाई विशेष प्राथमिकता दिने गर्छौँ।’ 

कन्टेष्टका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने , ‘करिव महिना अन्तरालमा आयोजना हुने यस्ता प्रतियोगितामा उपभोक्ताका आशाजनक सहभागिताले हामीलाई भविष्यमा अझ रमाइला तथा आकर्षक कन्टेष्टको आयोजना गर्ने थप हौसला प्रदान गरेको छ।’

ओपो नेपालल ेलामो समयदेखि स्थानिय तथा अन्तरराष्ट्रिय महत्वका अवसरहरु लक्षित गर्दै यस्ता प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । विशेष गरी यूवाहरु माझ यस्ता प्रतियोगिता लोकप्रिय रहेका छन्। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्