काठमाडौं- गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
बुधबार मध्याह्न मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु१ज ४५५९ नम्बरको जीप दुर्घटना भएको हो। दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
मृतकको सनाखत हुन सकेको छैन। जीप गुल्मीको शान्तिपुरबाट तम्घास आउँदै गरेको प्रहरीले जनाएको छ। उद्दारका लागि प्रहरी टोली घटनास्थल पुगेको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।