शनिबार, वैशाख ८, २०८१

घरघर पुगेर कुष्ठरोगी खोज्दै सरकार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का साथै सरकारले नेपाल कुष्ठरोग निवारण मुलुक घोषणा गरिसकेको छ । प्रति दस हजार जनसंख्यामा एकभन्दा कम कुष्ठरोग प्रभावित व्यक्ति फेला परेपछि डब्लुएचओ र नेपाल सरकारले मुलुकलाई कुष्ठरोगमुक्त घोषणा गरेको हो ।

तर अझै स्वास्थ्यकर्मी प्रदेश २ का विभिन्न जिल्लामा घरघर पुगेर कुष्ठरोग प्रभावित व्यक्ति खोज्दै हिँडिरेहका छन् । तुलनात्मक रुपमा मुलुकबाट कुष्ठरोग अन्त्य भए पनि प्रदेश २ मा अहिले पनि कुष्ठरोग प्रभावित व्यक्तिहरु हुन सक्ने आशंका छ ।

प्रदेश २ को आठ जिल्लामध्ये धनुषालाई उच्च जोखिममा लिइएको छ । सरकारी स्तरमा कुष्ठरोग निवारण भइसकेको घोषणा गरिए पनि धनुषामा हालसम्म प्रभावित व्यक्तिहरु देखापरेका छन् । प्रदेश २ का आठ जिल्लामध्ये धनुषालाई उच्च जोखिममा छ भने बारालाई सबैभन्दा कम प्रभावित छ ।

कुष्ठरोग प्रभावित व्यक्तिहरु खोज्न धनुषाको सबै पालिकाहरुमा कुष्ठरोग खोजतलास अभियान सुरु गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र लालगढ कुष्ठरोग सेवा केन्द्रको प्राविधिक सहयोगमा थालिएको अभियानका क्रममा नयाँ कुष्ठरोग प्रभावित व्यक्ति फेला परेको बताइएको छ ।

डब्लुएचओले तोकेको मान्यताअनुसार प्रदेश २ मा हालसम्म प्रतिदस हजारमा एकभन्दा बढी कुष्ठरोग प्रभावित व्यक्ति रहेको आशंकामा खोजपडताल अभियान सुरु गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका क्षय कुष्ठ अधिकृत रामगुलाम कर्ण बताउँछन् ।

प्रदेश र जिल्लामा विज्ञहरु छँदाछँदै कुष्ठरोग निवारण हुन नसक्नु चिन्ताको विषय बनेको बताउँदै कर्णले सामान्य भाइरसले संक्रमण हुने रोग समयमै पहिचान गर्न सकिए निको हुने बताए ।
'हामीले जति खोजेका छौं त्यतिकै फेला पर्दै गएको छ,' कर्णले भने, 'सरकारले तोकेको मापदण्ड पूरा गर्न अहिले खोजतलास अभियान सुरु गरिएको छ ।'

जिल्लाका सबै स्थानीय तहमा स्वास्थ्य स्वयंसेवक, निरीक्षक, कुष्ठरोग निरीक्षकलगायत सयभन्दा बढीको टोली घरघर पुगेर जाँच सुरु गरेका छन् । स्थानीय तहमार्फत सञ्चालन गरिएको यस अभियानमा सर्वसाधारणले पनि उत्सकुताका साथ सहयोग गरिरहेका छन् । घरमा टोली पुग्दा जाँच गराउन नसक्नेहरु स्वास्थ्य चौकीमै पुगेर पनि जाँच गराउने गरेको नगराइन नगरपालिकाका स्वास्थ्य संयोजक दुष्यन्त मिश्रले बताए ।

पछिल्लो केही दिनयता सुरु गरिएको खोजतलास अभियान धनुषाको तीन पालिकामा सकिएको छ । खोजतलास अभियान सकिएका स्थानीय तहमा थप नयाँ बिरामी फेला परेको क्षयकुष्ठ अधिकृत कर्णले जानकारी दिए ।

पछिल्लोपटक अभियान सकिएको नगराइन नगरपालिकामा सबैभन्दा बढी १९ जना नयाँ कुष्ठरोग प्रभावित फेला परेको उनले जानकारी दिए । यसैगरी सबैला नगरपालिकामा १० र औरही गाउँपालिकामा ३ जना नयाँ बिरामी फेला परेको कर्णले बताए । फेला परेका नयाँ बिरामीमा बालबालिकासहित युवासमेत पाइएको उनले जनाए ।

जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकअनुसार गत साउन महिनापछि धनुषामा १७६ जना कुष्ठरोग प्रभावित व्यक्तिहरु फेला परिसकेका छन् । र, उनीहरु जिल्ला जनस्वास्थ्यबाट निःशुल्क उपचार गराई रहेका छन् ।

धनुषाको १८ पालिकाहरु मध्ये सबैभन्दा बढी नगराईन नगरपालिका उच्च जोखिममा रहेको पाइएको छ । नगराईन नगरपालिकामा पछिल्लो ४१ र अभियानअन्तर्गत फेला परेका १७ गरी ५८ जना कुष्ठरोग प्रभावित रहेको जनाइएको छ ।

यसैगरी क्षिरेश्वर नगरपालिकामा ९, धनुषाधाम नगरपालिकामा ७, सबैला नगरपालिकामा २०, मिथिला नगरपालिकामा १०, गणेशमान चारनाथ नगरपालिकामा ३, जनकपुर उपमहानगरपालिकामा ३०, शहीदनगर नगरपालिकामा १४, मिथिला विहारी गाउँपालिकामा १, हंसपुर नगरपालिकामा ३, विदेह नगरापालिकामा ९, कमला नगरपालिकामा ५, मुखियापट्टी गाउँपालिकामा ४, औरही गाउँपालिकामा ३, धनौजी गाउँपालिकामा २, जनकनन्दनी गाउँपालिकामा ८ र लक्ष्मिनिया गाउँपालिकामा ७ जनाले कुष्ठरोगको उपचार लिइरहेको तथ्यांकमा उल्लेख छ । धनुषाको बटेश्वर गाउँपालिकामा यो संख्या शून्य रहेको तथ्यांकमा जनाइएको छ ।

पालिकाहरुमा खोजपड्ताल अभियान जारी रहेकोले यो संख्या बढ्ने सक्ने अनुमान जिल्ला जनस्वास्थ्य कार्यालयले लिएको छ । कुष्ठरोगसम्बन्धी शंका लाग्ने बित्तिकै तत्काल स्वास्थ्य केन्द्रमा उपचार गराउन कार्यालयले सम्पूर्ण सबैसँग आग्रहसमेत गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।