शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसमा केन्द्रीय सदस्यले वडाबाटै चुनिनुपर्ने बहस

कांग्रेसमा केन्द्रीय सदस्यले वडाबाटै चुनिनुपर्ने बहस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – नेपाली कांग्रेसमा केन्द्रीय पदाधिकारी र सदस्यले पार्टीको वडा समितिबाटै निर्वाचित हुनुपर्ने विषयमा बहस जारी छ। 

गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म भएको पार्टीको महासमिति बैठकले विधान संशोधनको प्रस्तावलाई केन्द्रीय कार्यसमितिले सुझाव समेटेर परिमार्जन गर्न सक्ने गरी पारित गरेको थियो। महासमिति बैठकमा मुख्यगरी केन्द्रीय सदस्य पार्टीका वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र पार्टीमा आरक्षणको व्यवस्था एक व्यक्तिका लागि एक पटक मात्र हुने व्यवस्था विधानमा राख्न सुझाव आएको थियो। 

यस विषयमा कांग्रेस केन्द्रीय समिति बैठकमा पक्ष र विपक्षमा दुवै थरीका धारणा आएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराए। यही बहसका कारण महासमिति बैठकपछि केन्द्रीय समिति बैठक पटक पटक बसे पनि पार्टीको विधानले अझै अन्तिम रुप पाउन सकेको छैन। सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको बैठकमा सोमबार केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, डा मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, नवीन्द्रराज जोशी, शङ्कर भण्डारी, मीन विश्वकर्मा, प्रदीप पौडेल, चिनकाजी श्रेष्ठ, प्रवक्ता शर्मा, हरिप्रसाद नेपाल र अमृत अर्यालले आ–आफ्नो धारणा राखेका 
 थिए। 

केन्द्रीय सदस्य बडूले महासमिति बैठकमा आएको सुझाव विधानमा समेट्न पार्टी नेतृत्व विचलित हुन नहुने धारणा राखेको बताए। साथै उनले विधानमा देखिएका अन्य अस्पष्टतालाई शीघ्र टुङ्ग्याएर संविधानअनुसारका पार्टी संरचना बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए। अर्का केन्द्रीय सदस्य श्रेष्ठले समावेशिता भनेको मनोनयन नभई सम्बन्धित क्लस्टरका व्यक्तिबीच प्रतिस्पर्धा हुने भएकाले यसमा कुनै पनि रोक लगाउन नहुने धारणा राखेका थिए। 

त्यस्तै केन्द्रीय सदस्य भण्डारीले महासमिति बैठकमा ठूलो सङ्ख्यामा सदस्यले हिन्दू राष्ट्रका पक्षमा हस्ताक्षर गरेकाले यस विषयलाई पार्टीले आत्मसात् गर्नुपर्ने धारणा राखेको बताए। बैठकमा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले अध्यक्ष पदबाट दिएको राजीनामा सभापति देउवाले स्वीकृत गरेका थिए। केन्द्रीय कार्यसमितिको अर्को बैठक मंगलबार २९ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।