काठमाडौं- काठमाडौंको सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।
सोमबार बिहान ६ बजेतिर बा ३ ख ७० ५७ नम्बरको बसले बाटो काट्ने क्रममा ठक्कर दिदा सोलुखुम्बु घर भई सिनामङगल बस्दै आएका पदमबहादुर कार्कीको मृत्यु भएको हो ।
बसको ठक्करबाट घाइते भएका कार्कीलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा लगिएको थियो । उनको अस्पताल पुर्याएलगतै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४