शुक्रबार, वैशाख ७, २०८१

एसपीको राजीनामा हेडक्वार्टरले किन लिन मानेन?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं– एसएसपी बढुवा सिफारिसमा असन्तुष्ट एसपी नरेन्द्र उप्रेतीले दिएको  राजीनामा बुझ्न प्रहरी प्रधान कार्यालयले अस्वीकार गरेको छ।

एसएसपी बढुवामा चलखेल गरी बढुवाको स्वभाविक रोलक्रममा रहेका एसपी उप्रेतीलाई पछाडी पारिएको र कनिष्ठ तथा बिवादित पात्रहरुलाई बढुवामा पारेको भन्दै ब्यापक आलोचना भएपछि प्रहरी प्रधान कार्यालयले राजीनामा लिन आनाकानी गरेको हो। बाहिर सरकार र प्रहरी नेतृत्वको आलोचना भइरहेका बेला राजीनामा बुझ्दा थप नागरिक दवाव र अप्ठ्यारो समेत पर्नसक्ने अवस्था देखिएपछि रणनीतिक रुपमै तत्काल राजीनामा पत्र नबुझ्न प्रहरी मुख्यालयलाई निर्देशन दिइएको स्रोतले बतायो।

यस बारेमा बुझ्न खोज्दा नेपाल प्रहरीका प्रवक्ता बरिष्ठ उपरीक्षक उत्तम सुवेदीले भने, ‘उहाँ जुन विभाग र महाशाखामा हुनुहुन्छ। राजीनामा  बुझाउने त्यही हो। सिधै हेडक्वार्टरमा राजीनामा बुझाउने चलन छैन र त्यसैले राजीनामा नलिइएको हो।’

स्रोतका अनुसार उप्रेतीको राजीनामाले प्रहरी संगठन भित्र थप असन्तोष र आक्रोसको अवस्था देखिएपछि राजीनामा फिर्ता लिनका लागि मनोवैज्ञानिक दवाव दिने रणनीति अनुसार उहाँको राजीनामा बुझिएको छैन।

टेकु स्थित अपराध महाशाखाको कार्यालयमा विहान दश बजे आफूले संगठनबाट विदा लिएको जानकारी गराएपछि उनी राजीनामा पत्र बोकेर हेडक्वार्टर लागेका थिए। हेडक्वार्टर हिडेका उप्रेतीलाई अचानक महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट बोलावट भयो। त्यहाँ पुगेको उप्रेतीलाई मेट्रो चिफ नभएको भन्दै अपरान्हसम्म अलमलाइयो। मेट्रो चिफ डिआइजी शैलेश थापा बिदा बसेकाले उनले त्यहाँ पनि राजीनामा बुझाउन पाएनन्। त्यसपछि उनी सिधै हेडक्वार्टर लागे। प्रहरी महानिरीक्षकको सचिवालयमा पुगेर राजीनामा बुझाउने प्रयास गरेपनि उनलाई प्रक्रिया मिल्दैन भन्दै फर्काइयो। त्यसपछि उनी थप निरास भएर घर फर्किएका छन्।

यस बारेमा बुझ्न खोज्दा उप्रेती सम्पर्कमा आउन चाहेनन्। स्रोतका अनुसार आफ्ना सहकर्मीहरुसँग उनले राजीनामा दिने निर्णय गरिसकेकोले कसैले दवाव दिएर आफू यसमा ब्याक नहुँने बताएका छन्।

याेपनि पढ्नुहोस्,

एसपीको राजीनामा : राजनीतिक सेटिङले निम्त्याएको आँशु

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।