शुक्रबार, वैशाख ७, २०८१

सरस्वती पूजा कि फेसन शो?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – विद्याकी देवी सरस्वतीको पूजा आरधना गरी जनकपुरसहित देशभर श्रद्धापूर्वक सरस्वती पूजा मनाइएको छ। सरस्वती पूजालाई बालबालिकाले अक्षर आरम्भ गर्ने सर्वोत्तम दिनको रुपमा समेत लिने गरिन्छ। मन्दिर, विद्यालय तथा घरमा सरस्वतीको पूजा आरधाना गर्नाले विद्याप्राप्त हुने धार्मिक विश्वास रहि आएको छ।

विद्यालय तथा कलेजमा अध्ययनरत छात्रछात्रा बिहानैदेखि पूजापाठमा ब्यस्त देखिएका छन्। सरस्वती पूजाको दिन जनकपुरसहित तराइका विभिन्न शहर तथा ग्रामीण भेगमा चहलपहल बढेको छ। नयाँ लुगा लगाएर एक विद्यालयबाट अन्य विद्यालय पुगेर घुमघाम गर्नेहरुको संख्या विस्तारै वृद्धि हुँदै गएको छ। 

जनकपुरमा मात्रै यस वर्ष एक हजार भन्दा बढी सरस्वतीको मूर्ति तयार पारेर पुजा भइरहेको अनुमान छ। दुई दिनसम्म चल्ने पूजा सोमबार सरस्वतीको मूर्ति नदी, तलाउजस्ता जलाशयमा सेलाएर सम्पन्न हुने छ।



तर, श्रद्धा एवम् आस्थापूर्वक मनाइने सरस्वती पूजामा आधुनिकताको प्रभाव बढ्दै गएको छ। विशेष रुपले विद्यार्थीहरुका लागि विशेष र महत्वपूर्ण दिन मानिएको सरस्वती पूजा आरधनाभन्दा पनि पछिल्लो समय मनोरञ्जनको माध्यम बन्दै गएको छ।

पहिले श्रद्धा र आस्थापूर्वक मनाइने सरस्वती पूजा अहिले विद्यार्थीहरुका लागि मनोरञ्जनको माध्यम बनेपछि व्यापक विकृतिहरु देखिन थालिएको प्राध्यापक सुनिल कर्णले बताए।



‘सरस्वती पूजा अर्थात श्रीपञ्चमी विद्यार्थीहरुको लागि महत्वपूर्ण दिन हो, आजको दिन उनीहरुले पूजा आरधना गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘तर परिस्थिति फेरिएको छ। विद्यार्थीहरु पूजालाई मनोरञ्जनको माध्यम बनाउन थालेका छन्।’

‘मनोरञ्जनका लागि अरु दिनहरु पनि छन्,’ ती प्राध्यापकले भने, ‘सरस्वती पूजाको बहाना बनाएर रेस्टुरेन्ट, पार्कलगायतका स्थानमा समय बिताउन उनीहरु व्यस्त देखिन्छन्।’ विद्यार्थीहरुको हातहातमा रहेको मोबाइल फोन, लुगाको पहिरन, बोली व्यवहारका कारण पौराणिक महत्व अन्त्य हुँदै सरस्वती पूजाले विकृत रुप लिँदै गइरहेको जनकपुरका नीजि माविमा अध्यापन गराउँदै आएका अर्का प्राध्यापकले बताए।

‘समय परिवर्तन हुँदै गइरहेको छ। हामी २१ औं शताब्दीमा छौं,’ उनले भने, ‘तर यसको अर्थ आफ्नो परम्परा र संस्कृति नै बिर्सनु गलत हुन्छ।’ यस्तै अवस्था रहे सरस्वती पूजाको महत्व सकिएर जाने निश्चित रहेको उनले बताए। सरस्वती पूजाको धार्मिक महत्वलाई जीवन्त राख्न सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षकहरु समेत गम्भीर भएर सोच्नु आवश्यक रहेको उनले बताए।



सरस्वती पूजा भनिएर्पिन पूजाको नाउँमा व्यापक ध्वनी प्रदुषण बढेर गएको छ। अरुलाई समस्या नपर्ने गरी रातीको समयमा तिखो आवाजमा साउण्ड बक्स तथा बाजा प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालयले जारी गरेको निर्देशन कागजमा मात्र सीमित भएको छ।

पूजाहुने स्थानहरुमा धार्मिकभन्दा पनि हिन्दी तथा भोजपुरी गीतहरु घन्किरहेका छन्। सरस्वती पूजाको अवसरमा बजिरहेका यस्ता गीतहरुले पूजाको महत्व नै समाप्त पारेको जनकपुरधाम–४ का दिलिप मिश्र बताउँछन्। पछिल्ला केहिवर्षयता सरस्वती पूजामा धार्मिक आस्थाभन्दा बढी फेसन गर्ने प्रवृत्ति बढ्दै गएको उनी बताउँछन्। अहिले मनाइने सरस्वती पूजा कि फेसन शो छुट्याउन गाह्रो भएको मिश्रको भनाइ छ।

पूजाको बहानामा लागु पदार्थ र मादक पदार्थ सेवन गर्ने युवाहरु ठुलो संख्यामा देखिएका छन्। एक प्रहरी अधिकारीका अनुसार पूजाको नाउँमा कतिपय युवाहरु मादक पदार्थ सेवन गरेको अवस्थामा देखिएका छन्। यसैगरी ट्राफिक नियमको उल्लंघन गरी मोटरसाइलक चलाउनेहरु सडकमा आतंक नै मचाएको स्थानीयहरुको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।