बिहीबार, वैशाख १३, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आज माघ २५ गते शुक्रबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी। 

माओवादीलाई सिध्याए भन्‍ने कसैले ठाने दुर्घटना : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रिया र संविधान कार्यान्वयन नगरे मुलुक ठूलो दुर्घटनामा जाने बताएका छन्।

मलेसियाका क्लबमा नेपाली युवतीको कथा (भिडियो)

हरेक नागरिकलाई रंगीन सपना देख्‍ने छुट छ। त्यही रंगीन सपना सार्थक बनाउन मानिस दौडिरहेका छन्। सुन्दर जीवन जिउने सपनाको पछि लागेर लाखौं नेपाली युवायुवती विदेशिन बाध्य पनि छन्।  

किन हटाइँदैछ सशस्त्रबाट देवीदेवताको नाम?

सशस्त्र प्रहरीले मातहतका बाहिनी गण गुल्मको नाम परिवर्तन गरेको छ। सांस्कृतिक र धार्मिक महत्त्वसँग जोडिएका बाहिनी गण तथा गुल्मको नाम एकाएक परिवर्तन गरी अंकमा रूपान्तरण गरिएको विषयले संगठनभित्र र बाहिर सशस्त्रको कडा अलोचना भइरहेको छ।

आइजीपीलाई चिठ्ठी लेख्दा जागिर गुमाएका जवानले अदालतबाट पाए न्याय

नेपाल प्रहरी संगठन भित्र योग्यता क्षमाताको उचित कदर हुनुपर्ने आवाज उठाउँदा जागिर गुमाएका एक प्रहरी जवानलाई अदालतले न्याय गरेको छ। जागिरबाट हटाइएका प्रहरी जवान दीपेन्द्र बहादुर चन्दलाई पुर्नबहाली गर्न अदालतले आदेश दिएको हो

यी हुन् चलेका बलिउड कलाकारका गुमनाम सन्तान

बलिउडमा चलेका स्टारका केही सन्तानको आगमन भयो। तर, तिनीहरु टिक्न सकेनन्। कतिलाई त उनीहरु आए गएको नै थाहा भएन। उनीहरुले बलिउडमा स्थापित हुन मिहिनेत नगरेका  होइनन्। तर, दर्शकको नजरमा पर्नै सकेनन्।

तीन राजदूतले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन राजदूतलाई शुक्रबार पद तथा गोपनीयताको शपथ गराएकी छन्। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान आयोजित विशेष समारोहमा उनले संयुक्त राष्ट्रसङ्घ न्यूयोर्कका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई तथा सोही विश्वसंस्थाको जेनेभाका लागि स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईलाई शपथ गराएकी हुन्। 

हिउँले सजिएको मन लोभ्याउने मार्दी (फोटो/भिडियो)

विश्वमै प्रख्यात पदमार्ग अन्नपूर्ण सर्किटभित्रको एक हो, मार्दी हिमाल बेसक्याम्प रुट। हिउँले सजिएको मार्दी हिमालका दृश्यहरु निकै मनमोहक देखिन्छन्। 
यो ट्रेकिङ रुटबाट अन्नपूर्ण रेञ्ज, धौलागिरी, माछापुच्छ्रे, मनास्लुलगायत हिमाल देखिन्छन्। 

वडाध्यक्ष र सचिवको मिलोमतोमा सरकारी राजश्व झ्वाम!

जनकपुरधाम उपमहानगरपालिकाको एक वडा अध्यक्ष र वडा सचिवले मिलोमतो गरी सरकारी राजश्व हजम गर्ने गरेको खुलासा भएको छ।

डडेल्धुरामा चट्याङ लागेर २ जनाको मृत्यु, ४ घाइते

डडेल्धुराका दुई फरक फरक स्थानमा चट्याङ लागेर शुक्रबार दुई जनाको मृत्यु भएको छ। चार घाइते भएका छन्। मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–५ सलेताकी २० वर्षीया सरस्वती नाथ र बझाङको दुर्गाथली गाउँपालिका–७ का ४८ वर्षीया गोगन दौल्याल रहेका छन्।

फोहोर प्रशोधनको लागि जग्गाको टुंगो नलाग्दा समस्या

धनगढी उपमहानगरपालिका र भिमदत्त नगरपालिकामा फोहोरमैला प्रशोधन केन्द्रका लागि जग्गाको टुंगो नलाग्दा आयोजना अन्योल बनेको छ। क्षेत्रीय शहरी विकास आयोजना अन्तरगत कैलालीको धनगढी र कञ्चनपुरको भिमदत्त नगरपालिकामा फोहोरमैला प्रशोधन केन्द्रका लागि जग्गा व्यवस्थापनको काम ऐनले सम्म हुनसकेको छैन।

सीमा क्षेत्रमा खाने नुनको अवैध व्यापार

जनस्वास्थ्यलाई ध्यानमा राख्दै आयोडिनयुक्त नुन प्रयोग गर्न सरकारले जोड दिइरहेपनि धनुषा तथा महोत्तरीको सीमा क्षेत्रमा भारतीय नुनको अवैध व्यापार भइरहेको पाइएको छ। 

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी

जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने भएको छ। पुरातत्व विभागका टोलीसँगै युनेस्कोबाट आएका क्रिष्टन मनहर्टले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग बिहीबार यस विषयमा छलफल गरेका थिए। 

प्रहरीलाई सय रुपैयाँ घुस दिन खोज्न दुई जना पक्राउ

काठमाडौं महानगरपालिका–२७ असनस्थित महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले बा.४ ख १७६ नम्बरको मिनी टिपर जाँच गर्ने क्रममा कागजपत्र नभएको भन्दै घुस दिन खोज्ने ललितपुर लेले बस्ने २० वर्षीय प्रचण्ड रामजाली मगरलाई पक्राउ गरेको हो। 

वर्षा र हिमपात जारी : चिसोले जनजीवन प्रभावित

पश्चिमी वायुको प्रभावले आज पनि देशैभर बदली र वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबारदेखि मौसममा आएको खरावी सुधार हुन केही दिन लाग्ने महाशाखाले  जनाएको हो।

'सिर्जनाले बोलेको समाजको कथा'

कोरीबाटी गरेर साडी, चोलोमा चिटिक्क सजिएकी एक यौनिक तथा अल्पसङ्ख्याक (तेस्रोलिङ्गी) आफ्नो अस्तित्वको खोजीमा भौँतारिँदै आइन्। उनी समलिङ्गी प्रति आकर्षित भए पनि परिवारले भने स्वीकार्न तयार भएन।

डिपिएलको ट्रफी सार्वजनिक 

शनिबारबाट सुरु हुने तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल)को ट्रफी शुक्रबार सार्वजनिक गरिएको छ।  शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै ट्रफी र प्रतियोगिताको मोष्ट भेल्युवल प्लेयरलाई प्रदान गरिने गोल्डस्टार सुनको जुत्ता सार्वजनिक गरिएको हो । 

धनगढी स्टार्सले गर्यो विदेशी खेलाडी फेरबदल

धनगढी प्रिमियर लिग (डिपिएल)को घरेलु टोली धनगढी स्टार्सले विदेशी खेलाडीमा फेरबदल गरेको बताएको छ। यसअघि भारत मुम्बईका प्रथम श्रेणी क्रिकेटर सागर त्रिबेदीलाई अनुबन्ध गरेको जनाएको स्टार्सले खेलको पूर्वसन्धामा आएर युएईका आमिर हायातलाई अनुबन्ध गरेको स्टार्सका कप्तान सोमपाल कामीले बताए।

सरकारी अधिकारीको संलग्नतामा खाशोग्गी हत्या योजनावद्ध : संयुक्त राष्ट्रसंघ

पत्रकार जमाल खाशोग्गीको हत्या साउदी अरेबियाका सरकारी अधिकारी संलग्नतामा योजनावद्ध तयारीका साथ भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।