बिहीबार, वैशाख १३, २०८१

‘मुलुकको अर्थतन्त्र धराशायी बन्दै ’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-राष्ट्रिय उद्योग बाणिज्य महासंघको माघ १५ गते चितवनमा भएको दोश्र्रो राष्ट्रिय सम्मेलनमा तय गरेका निती तथा कार्यक्रमहरुलाई शुक्रबार सार्वजनिक गरेको छ। 

शुक्रवार रिपोर्टर्स क्लबमा भएको सार्वजनिक कार्यक्रममा महासंघका अध्यक्ष कृष्ण बस्नेतले नेपालमा औद्योगिक विकासको पर्याप्त संभावना हुँदाहुदै पनि देशमा दलाल पुँजीबादी अर्थतन्त्रको बाहुल्यताका कारण समग्र अर्थतन्त्र नै धराशायी हुदै गएको आरोप लगाएका हुन्। देशमा रहेका प्रशस्त स्रोत तथा साधनको सदुपयोग नगरी देशको श्रम, सिप र पुँजी विदेसिएकोमा उनले आपत्ति जनाए। 

उद्योग व्यवसायमा दलाल पुँजीपतिहरुको सिण्डीकेटले गर्दा निश्चित व्यक्तिभन्दाबाहेक आम उद्योगी व्यवसायीहरुको उद्योग व्यवसाय खस्किँदो क्रममा रहेको  उनको बुझाइ छ। विगतमा सञ्चालित राष्ट्रिय उद्योग कलकारखानाहरु पनि निजीकरणको नाममा समाप्त पारिएको उनको आरोप छ। ‘देशमा भएका औद्योगिक कच्चा पदार्थहरु कौडीको भाउमा बिदेशमा निर्यात भइरहेका छन्,’ उनले भने ‘समग्रमा भन्नुपर्दा देश पुरै परनिर्भरतामा चलिरहेको छ।’

श्रम, सिप र पुँजीको पलायन, राजस्व तथा कर असुली सम्बन्धी फितलो कानूनी व्यवस्था, राज्यका निकायहरुबाट दिइने अनावश्यक झन्झट, अस्वस्थ प्रतिस्पर्धा, गुणस्तरहिन सामग्रीको बिक्री बितरण लगायत मुलुकको औद्योगीक क्षेत्रको समस्या रहेको उनले जनाए।  

देशमा औद्योगिक व्यवसायिक विकास एवं आर्थिक सामाजिक रुपान्तरणको लागि राष्ट्रिय पुँजीको निर्माण गर्दे दलाल नोकरशाही एकाधिकार पुँजीवादको विरुद्ध तथा उद्योग व्यवसायमा भएका विद्यमान भएका विकृतिका बिरुद्ध संगठित रुपमा पहल गर्नुपर्ने आवश्यक्ता रहेको महासंघले औंल्याएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्