बिहीबार, वैशाख ६, २०८१

आजका अखबार : सरकारी ढुकुटीमा दुई खर्ब २२ अर्ब

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – राजधानीबाट बिहीबार प्रकाशित पत्रपत्रिकामा विभिन्‍न विषयलाई प्राथमिकता दिएर समाचारहरु छापेको छ। नेपाल समयको बिहानी अपडेटमा अखबारले छापेका मुख्य समाचारहरु र रातभरी भएगरेका घटना तथा गतिविधिहरुलाई यहाँ प्रस्तुत गरिएको छ। 

आजको नयाँ पत्रिका दैनिकले सरकारी ढुकुटीमा दुई खर्ब २२ अर्ब शिर्षकको समाचारलाई मुख्य रुपमा छापेको छ। नेपाल राष्ट्र बैंकमा रहेको नेपाल सरकारको खातामा २ खर्ब २२ अर्ब रुपैयाँ थुप्रिएको छ। केन्द्रीय सरकारको १ खर्ब ७१ अर्ब रुपैयाँ र स्थानीय तहको ५१ अर्ब रुपैयाँ खर्च नभएर निष्क्रिय भएको राष्ट्र बैंकले जानकारी दिएको छ। स्थानीय तहको खातामा १ खर्ब २ अर्ब रुपैयाँ भए पनि त्यसको आधा बैंक तथा वित्तीय संस्थाले चलाउन पाउँछन्। त्यसको आधा अर्थात् ५१ अर्ब भने निष्क्रिय छ। 

आर्थिक वर्षको पहिलो आधा समयमा पुँजीगत खर्च अत्यन्तै निराशाजनक हुने प्रवृत्ति यस वर्ष पनि कायमै छ। चालू आर्थिक वर्षको १३ खर्ब १५ अर्ब बजेटमा संघीय सरकारले  पुँजीगत खर्चतर्फ ३ खर्ब १४ अर्ब विनियोजन गरेको छ। तर, पुस मसान्त अर्थात् पहिलो अर्धवार्षिकसम्म जम्मा ५५ अर्ब ५२ करोड खर्च भएको छ। खर्च रकम कुल विनियोजित रकमको १७ दशमलव ६८ प्रतिशत मात्रै हो। पुस मसान्तयताका २२ दिनमा थप १२ अर्ब मात्र खर्च भएको छ। यसरी मंगलबारसम्म विकास बजेटतर्फ ६७ अर्ब खर्च भएको छ। 

विगत वर्षहरूमा समेत पुँजीगत खर्चमा यही प्रवृत्ति थियो। आव ०७४/७५ मा पुस मसान्तसम्म १४ दशमलव ३५ प्रतिशत र ०७३/७४ मा ११ दशमलव ३ प्रतिशत पुँजीगत खर्च भएको थियो। तयारी नै नभएका आयोजनामा बजेट विनियोजन हुने र बजेट कार्यान्वयन कार्यतालिका कार्यान्वयन नहुने समस्याका कारण पुँजीगत खर्च निराशाजनक हुने गरेको छ, समाचारमा भनिएको छ। 

आजको अन्नपूर्ण पोस्ट दैनिकले दलितलाई बजेटै बन्द, भोजभतेरदेखि योजना छनोटमा समेत विभेद बिषयमा प्रमुखताका साथ छापेको छ। समाचारमा भनिएको छ, संविधानले भेदभाव र छुवाछुतलाई गैरकानुनी मान्छ। तर, व्यवहारमा त्यस्तो छैन। दलित प्रतिनिधिले समेत छुवाछुत बेहोरिरहेका छन्। ओखलढुंगामा दलित जनप्रतिनिधिलाई योजना छनौटमा निषेध गर्ने र बजेट समेत रोक्ने गरेको पाइएको छ।

सिद्धिचरण नगरपालिका–१२ का वडा सदस्य सुनिता नेपालीले सडकबाट दलित बस्तीसम्म जाने घोडेटो बाटो र खानेपानीका लागि योजना माग गरेको दुई पटक भयो। योजना सूचीमा राखिन्छ तर, बजेट पर्दैन। दलित भएकै कारण सुनुवाइ नभएको उनले गुनासो गरिन्। उक्त वडाको दलित बस्तीमा खानेपानीको समस्या मात्र होइन, टोलसम्म पुग्ने गोरेटो बाटो निकै अप्ठेरो छ। नेपालीले भनिन्, ‘गाउँमा विकास निर्माण दलित बस्तीमा योजना नै नपारिएको बताइन्।

वडा अध्यक्ष विनोद श्रेष्ठले दलित बस्ती योजनामा प्राथमिकतामा पर्न नसकेको स्वीकारे। उनले भने, ‘एकैपटक धेरै कुरा सम्भव हुँदैन। दलित समुदायले माग गरेका कुरा हाम्रा प्राथमिकतामा परेनन्। यस्ता समस्याको हल विस्तारै खोज्दै जाउँला।’ दलित बस्तीलाई सामाजिक रुपमा गरिने विभेदका कारण समुदाय नै स्रोत र साधनको पहुँचमा नभएको नेपालीले बताइन्। लक्षित वर्गका लागि आउने बजेटको सदुपयोग र प्रथामिकताले मात्रै सीमान्त समुदायको उत्थान गर्न सकिने ओखलढुंगा क्याम्पसका उपप्राध्यापक डा।भेषनाथ खनालले बताए। ‘दलित समुदायबाट माग भएर आएका योजनामा राज्य उदासीन बन्न मिल्दैन,’ उनले भने, ‘वर्षौंदेखिको समस्या हल गर्नुपर्ने ठाउँमा योजना नै नपारिंदा विकास निर्माणमा पनि दलित समुदायमाथि विभेद भइरहेको प्रस्ट हुन्छ।’

यस्तै राजधानीबाट प्रकाशित हुने सबैजसो पत्रपत्रिकाले एनसेलको लाभकर सम्बन्धि समाचारलाई प्रमुखताका साथ प्रकाशित गरेका छन्। बारोबार दैनिकमा लेखिएको छ, दूरसञ्चार प्रदायक कम्पनी एनसेलको स्वामित्व बिक्री भएको तीन वर्षपछि बल्ल लाभकरसम्बन्धी विवाद अन्त्य भएको छ। सर्वोच्च अदालतले एनसेल बिक्रीबापतको लाभकर सोही कम्पनीबाट असुलउपर गर्न परमादेश जारी गरेसँगै  यससम्बन्धी लामो बहस र विवाद किनारा लागेको हो।

आजको कान्तिपुर दैनिकले प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल भेनेजुएला प्रकरणमा बक्तव्यमा चिप्लिएको र त्यसले नेपाल–अपेरिका सम्बन्धमा असर नपार्ने भनेको समाचालाई पहिलो पेजमा छापेको छ। 

आजको नागरिक दैनिकले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : असारमा परीक्षण उडान शिर्षकको समाचारलाई पहिलो पृष्ठमा प्रकाशित गरेको छ। समाचारमा भनिएको छ, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउँदो असारदेखि सञ्चालनमा आउने भएको छ। असारमा परीक्षण उडान गर्ने गरी विमानस्थल निर्माण धमाधम भइरहेको छ। विमानस्थल निर्माण सन् २०१४ डिसेम्बरबाट सुरु भएको हो।

‘भौतिक संरचनाको काम तीव्र गतिमा भइरहेको छ। विमानस्थलको ६५ प्रतिशत काम सम्पन्न गरिसकेका छौं, कुनै अवरोध नभए मुख्य संरचना निर्माण गरेर तोकिएको समयभन्दा पहिल्यै विमान उडाउने योजना छ’, विमानस्थल आयोजनाका प्रमुख इन्जिनियर प्रवेश अधिकारीले भने। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजनामध्ये एक हो। अधिकारीका अनुसार असार १३ मा परीक्षण उडान गर्ने तयारी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।