बिहीबार, वैशाख १३, २०८१

जनकपुरका वडाध्यक्षहरु तीन दिनदेखि अनशनमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- उपमहानगरपालिका कार्यालयले माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै जनकपुरका वडा अध्यक्षहरु रिले अनशन शुरु गरेका छन्। 

आफूहरुले अघि सारेको १६ बुँदे माग पुरा गर्न उपमहानगरपालिकाले पहल नगरेको भन्दै असन्तुष्ट वडा अध्यक्षहरु कामकाज ठप्प पारी विगत तीन दिनदेखि रिले अनशनमा बसेका छन्।

उपमहानगरपालिका कार्यालय परिसरभित्र रिले अनशनमा बसेका उनीहरुले आफूहरुको जायज माग पुरा गर्न प्रमुख लालकिशोर साहले गम्भीरता नदेखाएको आरोपसमेत लगाएका छन्।

उपमहानगरपालिकाका २५ मध्ये असन्तुष्ट १६ जना वडा अध्यक्षहरुले माग पुरा गर्न सात दिने अल्टिमेटम दिँदै २५ पौषमा ज्ञापन पत्र बुझाएका थिए। १६ बुँदे मध्ये वृद्धि गरिएको सम्पत्ति कर फिर्ता लिनेसम्बन्धी वडा अध्यक्षहरुको माग उपमहानगरपालिकाले सम्बोधन गरेको छ। तर, अन्य मागहरुबारे उपमहानगरपालिकाले चासो नदेखाएको भन्दै बाध्य भएर अनशनमा बस्नु परेको वडा नम्बरका अध्यक्ष परमेश्वर साहले बताए।

चरणवद्ध आन्दोलनको घोषणा गरेका वडा अध्यक्षहरु यसअघि कालोट्टी बाँधेर कार्यक्षेत्रमा खटिनुका साथै ‘पेनडाउन’ समेत गरेका थिए। उपमहानगरपालिकाले आफूहरुको माग सम्बोधन नगरे वडा अध्यक्षहरुले २४ घण्टे रिले अनशनसम्मका विरोधका कार्यक्रम सार्वजनिक गरेका छन्।

असन्तुष्ट वडा अध्यक्षहरुले संवैधानिक व्यवस्थाअनुसार अधिकार प्रत्यायोजन, दैनिक कार्य, भैपरी आउने कार्यका लागि स्वायत्त व्यवस्था, वडा कार्यालयमा आवश्यक मानवीय, भौतिक, आर्थिक संशाधनका स्वायत्त परिचालनको व्यवस्था हुनुपर्ने लगायतका मागहरु राखेका छन्।

वडा अध्यक्षहरुको आन्दोलनप्रति नेपाली कांग्रेस जनकपुर नगर समितिले एक्येवद्धता जनाएको छ। नगर समिति सभापति मनोज साह अनशनस्थल पुगेर वडा अध्यक्षहरुले उठाएका माग जायज रहेको भन्दै आन्दोलनप्रति एक्येवद्धता जनाएका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।