बिहीबार, वैशाख १३, २०८१

ओपो एक हप्तामै चार नयाँ बजार प्रवेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- विश्‍वमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले तिब्रताका साथ आफ्नो बजार विस्तार गरिरहेको छ। गत हप्ता मात्र ओपोले आधिकारिक रुपमा चार नयाँ देशमा प्रवेश गरेको छ। वैश्विकविस्तारका क्रममा कम्पनीले यूनाइटेड किङ्गदम, साउदी अरेविया, टर्की र पोल्याण्डमा आफ्ना फ्ल्यागशिप मोडलका साथ प्रवेश गरेको हो।
 
जनवरी २८ मा ओपो आधिकारिक रुपमा साउदी अरेबियामा प्रवेश गरेको थियो। साउदी अरेबियाका लागि पहिलो उत्पादनका रुपमा कम्पनीले अदृतिय प्रविधि र कलात्मक डिजाइनको नमुनाका रुपमा परिचित आर१७सिरिज भित्र्याएको थियो। सार्वजनिक अगाडी कम्पनीले मिडल ईस्ट रिजनल अपरेशनको आधारका रुपमा यूएईको दूबईमा दोस्रो एमईए हब खोल्ने घोषणा गरेको थियो।
 
ज्यानुअरी २९मा लन्डनको टावर ब्रिजमा ओपोले यूके लञ्ज ईभेन्टको आयोजना गरेको थियो। यसलाई ओपोको वैश्विकिकरणका लागि एक कोशेढुङका रुपमा पनि हेरिएको छ । यूके पश्चात ओपोले टर्कीमा आधिकारिक सार्वजनिक कार्यक्रमको आयोजना गर्यो। यसले कम्पनीको यूरोपियन ईको सिस्टमलाई थप बलियो बनाएको छ। लगतै पोल्याण्डमा आयोजित सार्वजनिक समारोह मार्फत ओपोले आफ्नो पूर्ण प्रडक्ट सिरिज फाईण्ड एक्स, आरएक्स१७सिरिज र ए सिरिजपनि सार्वजनिक गर्यो।
 
सन् २०१८को जुन महिनामा ओपोले यूरोपियली बजारमा आफ्नो पहिला भेञ्चरका रुपमा फ्रेञ्च बजारमा प्रवेश गरेको थियो। यस पश्चातका ६ महिनामा कम्पनीले ईटालियन, स्पेनिश र डच बजार मार्फत आफ्नो यूरोपियन विस्तारलाई निरन्तर्ता दिएको छ। अबको यूके, टर्की र पोल्याण्ड बजारमा प्रवेशसंगै यूरोपियली बजारमा ओपोको उपस्थिती ९ ओटा देशमा पुगेको छ। हाल ओपोको उपस्थिती विश्वका ४० देश सम्म पुगिसकेको छ। ओपोले विश्वभरका २५० मिलियन प्रयोगकर्तालाई स्टेट अफ आर्ट प्राविधिक उत्पादन तथा सेवा उपलब्ध गराइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्