शुक्रबार, वैशाख १४, २०८१

सञ्‍चारमन्‍त्रीको 'टर्चर'पछि निकिताले दिइन राजीनामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौँ- चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलले आफ्नो पदबाट राजीनामा दिएकी छिन् । पौडेलले बुधबारदेखि लागू हुने गरी मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासमक्ष राजीनामा पत्र बुझाएकी हुन् ।  

उनले भनिन्, “मैले बुधबारदेखि लागू हुने गरी राजीनामा दिएकी हुँ ।” पौडेलले आफूले आफ्नो पदबाट राजीनामा दिएको र आगामी दिनमा समाज सेवामा समर्पित हुने बताइन । उनी २०७४ साल मङ्सिर २५ गते बोर्डको अध्यक्षमा नियुक्त भएकी थिएन । 

पौडेलले पहिलो पटक बक्स अफिस प्रणालीको शुरुआत गरेको र अन्य केही सकारात्मक कामको समेत थालनी गरेको आफ्नो राजीनामापत्र उल्लेख गरेकी छिन् । 

सञ्चारमन्त्री बास्कोटाको ठाडो  निर्देशनमा चार दिन अघि उनलाई स्पष्टिकरण सोधिएको थियो । चौमासिक समीक्षा बैठकका लागि पत्राचार गर्दा पनि अनुपस्थित भएको र बोर्डको काम सन्तोषजनक नरहेको भन्दै स्पष्टिकरण सोधिएको थियो । 

पौडेलले हालै सञ्चारकर्मी रवि लामिछानेसँग कोर्ट म्यारिज गरेकी छन् । उनी त्यो अवधीमा लामो समय विदामा बसे पनि विदा स्वीकृत नगराएको मन्त्रालयका अधिकारीहरुले मन्त्रीलाई जानकारी दिएका थिए । त्यपछि थप आक्रोशित बनेका मन्त्री बाँस्कोटाले लिखित स्पष्टिकरण सोध्न निर्देशन दिएका थिए । 

त्यसअघि पनि मन्त्री बाँस्कोटलाले निकितालाई विभिन्न बाहाना टर्चर दिने गरेको स्रोतको दावी छ । निकितालाई ओली सरकारले पदबाट बर्खास्त गरेपनि सर्वोच्च अदालतले पुर्नबहाली गराएको थियो । 



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।