बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अर्थमन्त्रीलाई उद्योगीको प्रश्न : किन घटेन ऋणको व्याजदर ?

अर्थमन्त्रीलाई उद्योगीको प्रश्न : किन घटेन ऋणको व्याजदर ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले राष्ट्र बैंक र वित्तीय संस्थाहरुले वैदेशिक स्रोत परिचालनमा देखापरेका समस्या समाधान गर्न निर्देशन दिएका छन्। मंगलबार अर्थ मन्त्रालयमा भएको उच्च स्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा मन्त्री खतिवडाले वैदेशिक लगानी सम्बन्धी प्रक्रिया अगाडी बढाउन निजी क्षेत्र, राष्ट्र बैंक र उद्योगीहरु सहकार्य गरेर अघि बढ्न निर्देशन दिएका हुन्। 

सोही बैठकमा वित्तीय क्षेत्रमा देखा परेका समस्या र अव्यवस्थित व्याजदरका साथै विरगञ्ज, विराटनगरलगायतका औद्योगिक क्षेत्रका व्यवसायी उद्योगीले गरेको हड्ताल समाधान गर्ने विषयमा समेत छलफल भएको अर्थ मन्त्रालयको भनाइ छ। निक्षेपको व्याजदरको तुलनामा ऋणको व्याजदर नघटेको भन्दै अर्थमन्त्रीलाई वित्तीय क्षेत्रमा देखा परेको उक्त समस्या समाधान गर्न उद्योगीहरुले ध्यानार्कषण गराएका छन्। 

अर्थ मन्त्री खतिवडाले बैठकमा आन्तरिक स्रोतको परिचालनले मात्र उच्च आर्थिक बृद्धिदर हासिल नहुने भन्दै बाह्रय स्रोत परिचालन र प्रर्वद्धनमा समेत ध्यान दिन सरोकारवाला निकायहरुलाई निर्देशन दिए। ‘प्रत्यक्ष वैदेशिक लगानीका आवेदनलाई यथाशक्य छिटो सम्बोधन गर्नुका साथै बैंकहरुलाई विदेशी स्रोत परिचालनमा थप सहजीकरया गर्न आवश्यक भए सोतर्फ ध्यान दिनुहोस्,’ उनले भने। उनले मौद्रिक नीतिको अर्थ बार्षिक समिक्षामा आधार व्याजदर र निक्षेप तथा कर्जामा लिने व्याजदरको फरकको बारेमा अध्ययन गरी यसतर्फको व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न सरोकारवलालाई निर्देशन दिएका छन्। राष्ट्र बैंकले छोटो अवधिका लागि मात्र नभइ दिर्घकालीन रुपमा लगानीको वातावरण तयार गर्नुपर्ने उनको जोड छ। बैंक तथा वित्तीय संस्थाहरुलाई औद्योगिक प्रर्वद्धनमैत्री तथा समय सापेक्ष अघि बढ्न भनेका छन्। 

बैठकमा नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपाल, बैंक अफ एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, नेपाल उद्योग वाणिज्य संघ र नेपाल उद्योग परिसंघका पदाधिकारी सहभागीता रहेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।