शुक्रबार, वैशाख ७, २०८१

जानकी मन्दिर परिसरभित्रै ‘अश्‍लीलता’ (भिडियोसहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- विश्वभरका हिन्दु धर्मावलम्बीका लागि अस्थाको केन्द्र मानिन्छ, जानकी मन्दिर। जानकी मन्दिरमा पूजाअर्चना गर्न दैनिक सयकडौंको संख्यामा तीर्थालु पुग्ने गरेका छन्।

जानकी मन्दिरमा दर्शन र पूजाअर्चना गर्न आउने नेपालमात्र नभई भारतबाट समेत श्रद्धालु पुग्ने गरेका छन्। जानकी मन्दिरप्रतिका श्रद्धा र विश्वासले श्रद्धालुलाई आकर्षित गर्ने गरेको छ।

मन्दिरजस्तो पवित्रस्थल शान्त र धार्मिक वातावरणले भिजेको हुनुपर्छ। तर मन्दिरभित्रै कुनै बहानामा ‘अश्लीलता’ प्रदर्शन भयो भने मन्दिरप्रतिको आस्था र विश्वासमाथि पक्कै पनि कुठाराघात पुर्‍याउँछ।

मन्दिरभित्र ‘अश्लीलता’ सुन्दा नराम्रो लाग्नु स्वाभाविकै हो। तर यस्तै भएको छ, जनकपुरको जानकी मन्दिरमा। २० माघमा सांस्कृतिक कार्यक्रमका नाउँमा जानकी मन्दिर प्रांगणभित्रै खुलेर अश्लीलता प्रदर्शन भयो। त्यसको साक्षी बने प्रदेश २ का वन तथा वातावरणमन्त्री रामनरेश रायदेखि यहाँका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल, प्रदेश प्रहरी प्रमुख डिआइजी हरिबहादुर पाललगायतका उच्चपदस्थ अधिकारी।

सामुदायिक प्रहरी सेवा केन्द्रले मुलुकप्रति योगदान पुर्‍याउने एकजना व्यक्तिलाई सम्मानित गर्ने उद्देश्यले जानकी मन्दिर प्रांगणमा कार्यक्रम आयोजना गरेको थियो। सातै प्रदेशको मुकाम पुगेर एकएकजना गरी सातजनालाई सम्मानित गर्ने ध्येयले आयोजना गरिएको कार्यक्रमको नाम सप्तरंगी राखिएको छ।

सामुदायिक प्रहरी सेवा केन्द्रले जनकपुरको जानकी मन्दिरमा पनि सप्तरंगी कार्यक्रमको आयोजना गरेको थियो। सप्तरंगी कार्यक्रममार्फत जानकी मन्दिर प्रांगणमा प्रस्तुत अश्लील नृत्यको अहिले जनकपुरमा व्यापक विरोध भइरहेको छ भने कार्यक्रममा सहभागी मन्त्रीदेखि प्रशासनिक तथा सुरक्षा प्रमुखहरूको चर्को आलोचना।

सामाजिक सञ्जालमार्फत आफ्ना अभिव्यक्ति व्यक्त गर्दै जनकपुरका स्थानीयहरूले अश्लील कार्यक्रम गर्न स्वीकृति दिने जानकी मन्दिरका महन्तका साथै कार्यक्रमको साक्षी बनेकामाथि कारबाही माग गर्न थालेका छन्।
भिडियो
 


जानकी मन्दिर प्रांगणमा हुँदै आएको राजनीतिक कार्यक्रम गर्न यसअघि नै रोक लगाइसकेको छ। जानकी मन्दिर परिसरभित्र धार्मिकबाहेक अन्य कुनै कार्यक्रम गर्न नहुने व्यवस्था गरिएको छ।

तर यसको कुनै वास्ता नगरी भोजपुरीको ‘ललिप लागेलु’ नेपाली ‘च्यातिएको चोली, खाली बोतलले पुग्दैन’ जस्ता गीतमा अश्लील नृत्यहरूको मञ्चन भएपछि धार्मिक आस्थाको केन्द्र जानकी मन्दिर र मिथिलाको संस्कृतिमाथि प्रहार गरिएको भन्दै विरोध भइरहेको छ। हुन त नर्मदा श्रेष्ठले नृत्य गरिरहँदा झुम्ने र मोबाइल फोनमा रेकर्डिङ गर्नेहरूको संख्या पनि कम थिएन। कार्यक्रममा रामकृष्ण ढकालले प्रस्तुति दिएका थिए भने ओलम्पिकमा झन्डा फहराएका दीपक विष्टलाई सम्मानित गरिएको थियो।

मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले विश्वप्रसिद्ध जानकी मन्दिर परिसरभित्र राजनीतिकर्मी, उच्च ओहदाका प्रहरी प्रशासनकै सामुत्रे यस्ता अश्लील किसिमका नृत्य प्रदर्शन हुनु जनकपुरवासीका लागि दुर्भाग्य रहेको प्रतिक्रिया दिएका छन्।

‘के जानकी मन्दिरका महन्त र व्यवस्थापकलाई समेत यस्तै नृत्य मन पर्दछ ?’ उनले प्रश्न गरेका छन्।

‘दसैंतिहारजस्ता अन्य चाडपर्वमा यसखाले कार्यक्रमको स्वीकृति नदिने प्रहरी प्रशासनले जानकी मन्दिर प्रांगणमा आफ्नै उपस्थितिमा यस्तो अश्लील कार्यक्रम गर्ने अनुमति दिनुलाई के भन्ने ?’ चौधरीको प्रश्न छ।

यस्ता कार्यक्रम गराउने आयोजकलाई अविलम्ब कारबाही माग राख्दै भविष्यमा हुन नदिन जानकी मन्दिर व्यवस्थापक र जनकपुरवासीलाई सचेत रहन जरुरी रहेको उनको भनाइ छ।

यसैगरी युवा अभियन्ता सुशील कर्णले कार्यक्रमका आयोजकका साथै सहभागी हुने सम्पूर्ण विशिष्ट व्यक्तिलाई कारबाही हुनुपर्ने बताउँछन्। ‘मन्दिरकै प्रांगणमा अधिकार र पहिचानका लागि शान्तिपूर्ण आन्दोलन गर्दा आफूहरू ७० हजार धरौटीमा रिहा भई विगत चार वर्षदेखि तारेख बोक्दै आएका छौं,’ कर्ण भन्छन्, ‘तर मन्त्री, स्थानीय जनप्रतिनिधि र जिल्लादेखि प्रदेशसम्मका प्रशासनिक मुखियाकै अगाडि अश्लीलता प्रदर्शन हुँदा केही नहुने।’

राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर पुगेका बेला मन्दिरमा तोडफोड गरेको आरोपमा कर्णमाथि मुद्दा चलिरहेको छ। जानकी मन्दिर परिसरभित्र प्रदर्शन गरिएको अश्लील नृत्यहरूले मिथिला संस्कृतिमाथि ठूलो आघात रहेको कर्ण बताउँछन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।