काठमाडौं- युएईविरुद्धको तीन एकदिवसीय अन्तर्राष्ट्रि र टी-२० अन्तर्राष्ट्रिय सिरिज सहित ऐतिहासिक सफलता प्राप्त गरी स्वदेश फर्किएका नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख रुपैयाँ दिने सरकाले निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आइसीसीबाट मान्यताप्राप्त युएईविरुद्धको दुवै फम्र्याटको सिरिज जितेर फर्केको नेपामली टोलीलाई नगदसहित सम्मान गर्ने निर्णय गरिएको खेलकुद मन्त्री जगत विश्वकर्माले जानकारी दिए ।
‘अहिलेको अवस्थामा खेलाडीलाई ५० लाख रुपैयाँ दिन सकिँदैन ।’ मन्त्री विश्वकर्माले भने, ‘तत्कालका लागि खेलाडीको हौसला बढाउन ५ लाख दिन सक्ने उनले बताए । तर हामी खेलाडीलाई बढी भन्दा बढी सुविधा उपलब्ध गराउनेतर्फ गम्भीर छौँ ।’
सोमबार राष्ट्रिय खेलकुद परिषद्द (राखेप)ले दुवै फम्र्याट्को सिरिज जितेर फर्किएको क्रिकेट टोलीलाई जनही ५ लाख रुपैयाँ दिनुपर्ने सिफारिस गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४