शुक्रबार, वैशाख ७, २०८१

नेपालमा एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय सिरिज हुँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपालमा पहिलोपटक एकदिवसीय र टी-२० सिरिज हुने भएको छ । नेपाली राष्ट्रिय टोलीले एकदिवसीय मान्यता पाएपछि पहिलोपटक टी-२० सिरिज हुन लागेको हो । नेपालले २०१९ भित्र एकदिवसीय होम सिरिज आयोजना गर्नैपर्ने प्रावधान छ । 

त्यसैले नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय र टी-२० अन्तर्राष्ट्रिय आयोजना गर्ने तयारीमा जुटेको छ । तर, प्रतियोगिता कुन राष्ट्रसँग र कहिले हुने भन्ने टुंगो  लागेको छैन । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले क्रिकेट मैदानको भौतिक पूर्वाधार तथा पिचको अवस्था अध्ययन गर्न ‘पिच कन्सल्टेन्ट एन्डी एट्किन्सन’ लाई काठमाडौं पठाएको छ । टोलीले मंगलबार मैदानको भौतिक पूर्वाधार अध्ययन गरिसकेको छ ।

केही दिनअघि काठमाडौं आएको टोलीले मूलपानीस्थित क्रिकेट मैदान र त्रिवि क्रिकेट मैदानको निरीक्षण गरेको हो । टोली बुधबार फर्किने आइसिसीकी नेपाल प्रतिनिधि भावना घिमिरेले जानकारी दिइन् । 

उनले भनिन्, ‘आइसिसी टोलीले काठमाडौंका दुई क्रिकेट मैदान मूलपानी र त्रिवि क्रिकेट मैदानको निरीक्षण गरिसकेको छ । अब टोलीले आइसिसीलाई मैदान र पिचको अवस्थाबारे प्रतिवेदन पेस गर्नेछ ।’ उक्त रिपोर्टका आधारमा आइसिसीले सिरिजको घोषणाका साथै मिति र थप गर्नुपर्ने भौतिक पूर्वाधारबारे जानकारी दिने घिमिरेले बताइन् । 

घिमिरेका अनुसार नेपालसँग खेल्नका लागि वान डे अन्तर्राष्ट्रियको मान्यता पाएका एसोसिएट राष्ट्रहरु स्कटल्यान्ड र नेदरल्यान्ड्सले इच्छा देखाएका छन् । त्यस्तै आइसिसीको पूर्णकालीन सदस्यमा बढुवा भएको आयरल्यान्डले पनि नेपालसँग सिरिज खेल्न चाहना राखेको बताइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।