शुक्रबार, वैशाख ७, २०८१

व्यावसायिक बन्दै चित्रमा ‘मिथिला कला’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौ‌ – कलाका माध्यामबाट भौगोलिक क्षेत्रको पहिचान दिने ‘मिथिला कला’ पछिल्लो समयमा मौलिकतासँगै आधुनिकता जोडेर व्यावसायिक बन्दै गएको छ। 

मिथिलाञ्चल क्षेत्रको घर, आँगनमा कोरिने मिथिला संस्कृति र परम्परा विस्तारै अन्य समाजमा पनि फैलँदै छ। मिथिला क्षेत्रमा दैनिक जीवनमा नभई नहुने उक्त कलाको लोकप्रियता अहिले विश्वभरि नै फैलिएर प्राय महत्वपूर्ण क्षेत्रमा सङ्ग्रहित छ। 

तीन देशकदेखि यही कला क्षेत्रमा लागेका चित्रकार एससी सुमनले त्यही मिथिला क्षेत्रलाई समेटेर काठमाडौंको सिद्धार्थ आर्ट ग्यालरीमा १६ औँ चित्रकला प्रदर्शनी गरेका छन्। आर्ट पेपर र लोक्ता (नेपाली कागज)मा एक्रेलिक र मिक्स रङ घोलेर उनले तयार पारेका चित्रमा साँच्चिकै मिथिला झल्किन्छ। 

ती चित्रले मौलिक जीवनका कथा र संस्कृति बोलेको पाइन्छ। हालै मात्र एक लाख १० हजारमा बिक्री भएको एउटा चित्रमा उनले काठमाडौं स्वयम्भूलाई विम्ब बनाएर यस्तै मौलिक संस्कृति पशुपति, जनकपुर क्षेत्रको संरक्षणमा ध्यानाकर्षण गराएका छन्। यहाँ उनका सात चित्र बिक्री भइसकेका छन्। प्रदर्शनी अझै १५ दिनसम्म चल्छ। 

सांस्कृतिक र कला क्षेत्रमा अग्रणी पहिचान बोकेका मिथिलाको कला आफैँमा मौलिक हो। हिन्दू पौराणिक कथामा समावेश मिथिलाञ्चलको संस्कृति जोगाउन चित्रकलाले ठुलो भूमिका खेल्दै आएको छ। नेपालको लोक कलाको रुपमा चिनिने मिथिला कलाका आध्यात्मिक विम्ब, जनजीवन, चालचलन, रीतिथिति र घटनाक्रम सुन्दर र हेर्न लायक छन्। 

त्यसैले लाखौँ खर्चिएर भए पनि मिथिला चित्रकला पारखीले खरीद गरेर लैजान्छन्। वर्तमान समयमा भने यसको मौलिकतासँगै आधुनिकतासमेत मिसिन थालेको चित्रकार एससी सुमन बताउछन्। उनका अनुसार चित्रकला कै कारण जनकपुरलगायत आसपासको मौसिकता संरक्षण हुँदै आएको पाइन्छ। 

पछिल्ला समयमा व्यावसायिक चित्रकार बढ्दै छन्। जनकपुरमा महिला चित्रकार धेरै छन्। अजितकुमार शाह, पुनमकुमारी दास, सुनैना ठाकुर, श्यामसुन्दर यादव, मिथिलादेवी यादव र समसामयिकतर्फ हरिओम मेहतालगायतले कलामार्फत मिथिला क्षेत्रको मौलिक संस्कृति र परम्परालाई संरक्षण र सम्वद्र्धन गर्दै आएका छन्। 

लोक्ता (नेपाली कागज)मा मसिनो ढङ्गले रङ भरेर सुन्दर आकृति बनाउनु कम्ता चुनौती छैन। सिद्धार्थ आर्ट ग्यालरीमा चित्रकार सुमनका यस्ता मनमोहक दृष्यले दर्शकलाई लोभ्याएको छ। मिथिला क्षेत्रका मानिसले चाडपर्व, विवाहलगायत कुनै पुण्य कार्यमा यस्ता कला घर, आँगन भित्तामा कोर्ने मौलिक चलन हो। त्यसैलाई उतारेर चित्रकारले व्यावसायिकतामा ढालेका छन्। 

लोक्ता या क्यान्भास जुनसुकै माध्याममा भए पनि जीवन्त चित्रले दर्शकलाई तानेको हुन्छ। मिथिलाञ्चलबाट राजधानी छिरेका चित्रकार अहिले मिथिला कलालाई व्यावसायिक बनाउने प्रयासमा छन्। प्रचारप्रसारमा अझै कमी रहेको चित्रकार बताउँछन्। 

सिर्जनात्मक कला देखाउन सक्ने हो भने मिथिलाकलाबाट पनि आम्दानी गर्न सक्ने दाबी चित्रकारको छ। आधुनिकता दिने नाममा मौलिकता हराउन नहुनेमा चित्रकार एक मत छन्। मिथिलाको मौलिक कलामा पनि समय सान्दर्भिक परिवर्तन हुनु जरुरी रहेको उनको भनाइ छ। नारायण ढुङ्गाना/रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।