शनिबार, वैशाख ८, २०८१

दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस

सरकारले दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ।
 |  मंगलबार, भदौ १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं— सरकारले दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ। आज मंगलबारको मन्त्रिपरिषद् बैठकले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदहरूले चाहेका दल विभाजन गर्न सक्ने गरी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको हो। 

अध्यादेश ल्याउने सरकारको निर्णयसँगै अब फुटको संघारमा रहेका नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) विभाजन हुन सजिलो हुने भएको छ।

जसपामा महन्थ ठाकुर पक्षले आधिकारिकता गुमाइसकेको छ। अध्यादेशसँगै उनीहरुलाई बाहिरिनका लागि ढोका खुल्नेछ।
हिजो सोमबारमात्रै सरकारले संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेको थियो। उक्त अध्यादेशमा राजनीतिक दल विभाजनसम्बन्धी प्रावधान खुकुलो बनाइएको छ। अध्यादेशअनुसार अब केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या बनाएर दल विभाजन गर्न सकिने छ।
​राजनीतिक दल सम्बन्धी ऐनको दफा ३३ को उपदफा २ मा ‘कुनै दलको केन्द्रीय समिति र सङ्घीय संसद्का सङ्घीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यहरूसमेत भई नयाँ नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको मानिने छैन’ भनिएको छ।

यसअघि ०७७ वैशाख ८ मा केपी शर्मा ओली नेतृत्वको सरकारले ऐनको सोही दफा संशोधन गर्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको थियो।
उक्त अध्यादेशमा दफा ३३ को उपदफा २ मा रहेका ‘केन्द्रीय समिति र सङ्घीय संसद्का संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले’ भन्ने शब्दहरूको सट्टा ‘महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र नयाँ दर्ता भएको दलको हकमा त्यस्तो दल दर्ता हुँदाको बखतको केन्द्रीय समितिको कम्तीमा ४० प्रतिशत सदस्य वा त्यस्तो दलको सङ्घीय संसद्को सङ्घीय संसदीय दलको कम्तीमा ४० प्रतिशत सदस्यले एकै पटक’ भन्ने वाक्यांश राखिएको थियो। त्यतिखेर  अध्यादेशबारे नेपाली कांग्रेसले कडा आपत्ति जनाएको थियो।

प्रकाशित: Aug 17, 2021| 14:01 मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...