शनिबार, वैशाख ८, २०८१

सोमालिको कार बम विस्फोटमा नौ जना मारिए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
मोगादिसु- सोमालियाको राजधानी सहरको एक व्यस्त बजारमा सोमबार विस्फोटक पदार्थले भरिएको कार विस्फोट हुँदा कम्तीमा नौ जना मारिनुका साथै अरु धेरै मानिस घाइते भएको प्रहरीले जनाएको छ। 

प्रहरी अधिकृत अहमद मोलिन अलिले राजधानी मोगादिसुको एक व्यस्त व्यापारिक केन्द्र नजिकै विस्फोट भएको र त्यसबाट मानिसको मृत्यु हुनुका साथै धेरै मानिस घाइते भएको जानकारी दिए। उनले नौ जनाको मृत्यु भएको पुष्टी भइसकेको र अरु धेरै घाइतेको अस्पतालहरुमा उपचार भइरहेको पनि बताए। 

व्यापारिक केन्द्र (मल) को पार्किङ इलाकामा कार राखिएको र त्यही कार विस्फोट भएको प्रत्यक्षदर्शीको भनाइ छ। व्यापारी मुनिरा अब्दुकादिरले भने, 'मैले हमरवाइनी बजारको छाना खसेर पुरिएका चार जनाको शब मैले देखेको थिएँ । अरु तीन जना पार्किङ क्षेत्रमा ढलेका थिए।'

मोगादिसुमा इस्लामिक समूह अल–सबाबसँग आबद्ध अल-कायदाले नियमित झैं आक्रमण गर्ने गरेका छन्। यो समूहलाई सन् २०११ मा राजधानी मोगादिसुबाट बाहिर लखेटिएको भए पनि उनीहरुले लुकीछिपी राजधानीमा आक्रमण गरिरहेको पाइएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।