शनिबार, वैशाख ८, २०८१

प्रहरीको घेराबन्दीमा कांग्रेस पार्टी कार्यालय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतले नेपाली काँग्रेसको पार्टी कार्यालय घेरावन्दी गरेर विशेष निगरानी बढाएको छ । कांग्रेसले विरोधका कार्यक्रमहरु गर्न थालेपछि प्रहरीले पार्टी कार्यालय वरिपरि प्रहरी परिचालन गरेर निगरानी बढाएको हो ।

विगत एक हप्तादेखि नेविसंघले मसाल जुलुस, पुत्ला दहनजस्ता बिरोधका कार्यक्रमहरु गरिरहेको छ । गत विहीवारदेखि नै प्रहरीहरु पार्टी कार्यालय वरिपरि प्रहरीहरु तैनाथ छन् । सुरुका दिनमा पार्टी कार्यालयको मूलगेटमै प्रहरीहरु परिचालन भएपनि अहिले भने अलि पर परिचालन गरिएको छ ।

पार्टी कार्यालयमै विद्यार्थीहरुले सरकार विरुद्धका विरोधका कार्यक्रमहरुको योजना बनाउने र बिरोध सुरुवात गर्ने भएकाले निगरानी बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीको निगरानीप्रति कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले आपत्ति जनाए । उनले कार्यालय र गतिविधिप्रति विशेष निगरानी गर्नुपर्ने कुनै कारण नै नभएको भन्दै सभापति दैनिक कामकाजमा भने समस्या नभएको बताए ।

कांग्रेसले र उसको भातृ संगठनले सरकारविरुद्ध सडक संघर्षका कार्यक्रमहरु गर्न थालेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको हो । बजार र आसपासका क्षेत्रहरुमा व्यापक प्रहरी परिचालन गरिएको छ । नेविसंघ सुर्खेतले विहीवारदेखि कडा विरोधका कार्यक्रमहरु गरिरहेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गाडीमा नारा लेखेर विरोध गर्नुका साथै पुत्ला दहन र मसाल जुलुस गरिहेको छभने कांग्रेसले आज विरोधसभा गर्ने थालेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।