बिहीबार, वैशाख १३, २०८१

ग्लोबल आइएमई बैंकको पाँच सय बोनस योजना 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडाैं - ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशबाट नेपाल भित्रिने रेमिट्यान्सलाई सेभिङ्गमा बदल्ने उद्देश्य अनुरुप बोनस ब्यालेन्स उपलब्ध गराउने भएको छ। बैंकले रेमिट्यान्स डिपोजिट बचत खाता खोल्दा ग्राहकलाई बोनस व्यालेन्स स्वरुपरु पाँच सय उपलब्ध गराउने भएको छ। 

विदेशबाट नेपालमा भित्रिइरहेको रेमिटयान्सबाट लाभग्राहीले आवश्यक पैसा मात्र निकालेर बाँकी रकम बचतका साथै व्याज आर्जन होस भन्ने उद्देश्यका साथ बैंकले यो योजना अगाडी सारेको हो। श्रमका लागि बिभिन्न देशमा जाने नेपाली कामदारले विदेश जानुअगाडी रेमिट्यान्स बचत खाता खोल्न सक्नेछन्। यस्तै विदेशबाट निरन्तर रुपमा रेमिट्यान्स प्राप्त गर्ने लाभग्राहीले समेत यो खाता खोल्न सक्ने बताइएको छ। बैंकका जुनसुकै शाखाबाट पनि खाता खोलेर सेवाग्राहीले लाभ लिन सक्नेछन्।

ग्लोबल आइएमई बैंकले सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्गसेवा माफर्त आफ्ना ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेकोछ। बैंकले १३३ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ७ वटा एक्सटेन्सन काउण्टर तथा ११७ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधिरसम्पर्क कार्यालय मार्फत आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेकोछ। 

बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन, लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्