काठमाडौं – गुण्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन्। काठमाडौं मलका व्यवसायीहरुलाई घम्काउँदै रकम असुली गर्ने गरेको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहका अनुसार सुनधाराको काठमाडौं मलका सटरहरुको अघिल्लो वर्ष ७८ लाखमा शिव लक्षमी कोजुले ठेक्का पाएको र यसमा गोर्खालीको संलग्नता रहेको पाइएको छ। ‘ठेक्का पाइसकेपछि कोजुले अघोषीत रुपमा दुई करोड चालीस लाखमा गोर्खालीलाई ठेक्का दिएको पाइयो’, उनले भने, ‘त्यसपछि गोर्खालीले सटरको भाडा चार गुण बढाए। केहीलाई सटर छोड्न लगाए र केहीलाई आफै नहट्न दवाव दिए। छ जनाले आफूहरुमाथी अन्याय भएको भन्दै महाशाखामा उजुरी परे पछि हामीले पक्राउ गरेका हौं।’
उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४