काठमाडौं- नेपाल विद्यार्थी संघले चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनसनरत डाक्टर गोविन्द केसीको जिवन रक्षाको माग गदै प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको छ।
नयाँ बानेस्वर मिनभवनस्थित नेपाल कर्मस क्याम्पसबाट निस्केको विद्यार्थीको जुलुसले संघीय संसद भवनको पश्चिम गेट नजिकै पुत्ला जलाएको हो। 'डा केसीका माग पुरा गर', 'शिक्षा स्वास्थ्यमा माफियाकरणको अन्त्य गर' , 'मार्सी चामलको भात खाएर समाजवाद आउदैन', 'चार अर्ब भष्टचार गर्ने मन्त्री कुर्सीमा' , 'चिकित्सा सुधारको माग गर्ने केसी मृत्युको मुखमालगायत सरकार विरोधीले नारा लगाएका थिए।
भिडियो
उक्त विरोध सभामा बोल्दै नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय सदस्य मोतीलाल भण्डारी तथा युवराज पाण्डेले वर्तमान सरकार अधिनायक बाटोमा अघि बढेकोले नेपाल विद्यार्थी संघ कलमसँगै मसाल लिएर अगाडी बढनुपरेका बताएका थिए।
कार्यक्रमा बोल्दै बिद्याथी नेताहरुले सरकार दुईतिहाईको दम्भका साथ अगाडी बढेको, प्रतिपक्षको जायज माग बेवास्था गदै जबर जस्त चिकित्सा शिक्षा बिधयक पास गरेको भन्दै सरकारले उक्त निर्णयलाई नसच्याए ससत्त आन्दोलान अगाडी बढाउने चेताबनी दिएका छन्।
विद्यार्थीले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको केहि मिनेटमै नेपाल प्रहरीले जलिरहेको पुत्ला निभाएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...