शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • बैंकहरुको चर्को ब्याजदर बिरुद्द व्यापारीहरु आन्दोलित  

बैंकहरुको चर्को ब्याजदर बिरुद्द व्यापारीहरु आन्दोलित  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- बैंकहरुले ब्यापारीहरुबाट असुल्ने चर्को ब्याजदरको बिरुद्दमा कैलालीका व्यापारीहरु आन्दोलित भएका छन् । व्यवसायी संचालनका लागि व्यापारीहरुले लिने ब्याजदर निकै चर्को भएको भन्दै व्यापारीहरु आन्दोलित भएका हुन् ।

ब्याजदर ८ प्रतिशत कायम गर्न माग गर्दै कैलाली उधोग वाणिज्य संघको आयोजनामा शुक्रबार बिहान धनगढीमा मौन जुलुश निकालिएको छ । ट्राफिक चौराहबाट सुरु भएको जुलुस एलएनचोकमा पुगेर सम्पन्न भएको छ ।

कैलाली उधोग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरले बैकहरुले मान्छे हेरेर १४ देखि १६ प्रतिशत सम्म ब्याज लगिरहेकाले व्यवसायीहरु निकै मारमा परेको बताए । बैकले लिने चर्को ब्याजदरकै करणले ब्याबसाय धरासायी हुने अवस्थामा पुगेको आन्दोलन गर्नुपरेको कुवरले सुनाए । 

उपाध्यक्ष पुष्कर राज ओझाले शुक्रबार नै ब्याजदर घटाउन माग गर्दै शुक्रबार नै बैंकर्स यसोसिएसनलाई ज्ञापन पत्र बुझाउने तथा नेपाल राष्ट बैंक र प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयलाई पनि जानकारी गराउने कार्यक्रम रहेको बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्