'पहिले हामीले दुई-दुई हजार पुर्यायौं र बुढाबुढीलाई कसरी ढोग्नुपर्छ र सम्मान गर्नुपर्छ भन्ने सिकायौं। चुनावपछि पाँच-पाँच हजार खनखनी घरघरमा-हातहातमा पुर्याएर ढोग्ने तरिका सिकाउँछौं', यो भनाइ प्रधानमन्त्री केपी शर्मा ओलीको हो।
पञ्चपुरी नगरपालिका–९ सुर्खेतका जनक माझी १६ वर्षका भए। दुई वर्षअघिसम्म उनी जनता माध्यमिक विद्यालयमा कक्षा–९ मा बढ्थे। एसइइ आउन एक वर्ष बाँकी रहँदा उनले सोच्थे, भविष्यमा समाजको सेवा गर्छु।
पोखराकी सुनीता पुनलाई हरेक दिन दिउँसो दुई बजे मुटुको ढुकढुकी बढ्न थाल्छ। फेसबुक मेसेन्जरमा उनको भतिजलाई त्यति नै खेर परिवारसँग कुरा गर्न र पैसा माग्न अह्राइएको हुन्छ।
अनशनरत डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै देशभरका चिकित्सकहरु सडकमा उत्रिएका छन्। सरकारले समस्या समाधानका लागि पहल नगरेको भन्दै उनीहरुले आन्दोलन थालेका हुन्।
अनसनरत डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै सेती अञ्चल अस्पतालमा रिले अनसन सुरु भएको छ। नेपाल मेडिकल एसोसिएसन सुदूरपश्चिम समितिको अगुवाईमा रिले असन थालिएको हो।
कैलालीको टीकापुर घट्ना सम्बन्धी मुद्दा करिव ४१ महिना पछि पेशीमा चढेको छ। कैलाली जिल्ला अदालतमा बिहीबार पहिलो पटक पेशीमा चढेको मुद्दामा जाहेरवालालगायत घट्नास्थल तथा बस्तुस्थिती मुचुल्कामा कागज गर्ने व्यक्तिलाई बकपत्र गर्न आदेश भएको छ।
अनसनरत डा गोविन्द केसीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेयर बहादुर देउवा त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। १५औं अनशनका क्रममा भएको सहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा ऐन बनाउनुपर्ने मागसहित डा केसी पुस २५ गतेदेखि अनसनमा छन्।
पाँच वर्षदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना (जचुकालि) पछिल्ला केही दिनयता फेरि चर्चाको विषय बन्न थालेको छ । राजनीतिक दलका नेता तथा बहालवाला मन्त्रीले बन्द रहेको काराखानाबारे कुरा गर्न थालेपछि जचुकालि राजनीतिक मुद्दा बन्न थालेको हो ।
भारत हुँदै तेस्रो मुलुक जान लागेका ६ नेपाली युवतीको उद्धार गरिएको छ।उनीहरूलाई माइती नेपालले दिल्लीको वुमन कमिसनसँगको सहकार्यमा भारतको नयाँदिल्लीबाट उद्धार गरेको हो।
१९५४ मा प्रदर्शित हिन्दी कालजयी फिल्म ‘मिर्जा गालिब’ मा सुरैयाले नवाब जानको भूमिका निर्वाह गरेकी छन्। उनी मिर्जा गालिबलाई निकै माया गथिन्। फिल्ममा गालिबका पाँच गजलमा सुरैयाले आफ्नो आवाज दिएकी छन्।
नेपाल समयमा बुधबार प्रकाशित रामप्रसाद खनालको कविता ‘साला फेसबुक’ को प्रतिउत्तर प्राप्त भएको छ। उक्त कविताको प्रतिउत्तर कवयित्री लक्ष्मी घिमिरेले दिएकी हुन्।
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...