शनिबार, वैशाख ८, २०८१

नूबिया स्मार्टफोनको मूल्य घट्‍यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नूबियाले नेपाली बजारमा आफ्ना लोकप्रिय मोबाइल फोनहरुको मूल्य घटाएको छ। नूबिया फोनको नेपालका लागि आधिकारिक वितरक आइटिपी नेपाल प्रालिले चार मोडलहरु जेड १७ मिनी, जेड १७ लाइट, जेड १७ मिनी एस र भी १८ स्मार्टफोनको अधिकतम बजार मूल्य घटाएको हो।

कम्पनीले जेड १७ मिनी स्मार्टफोनको मूल्य घटाउँदै २३,००० कायम गरेको छ। यसअघि जेड १७ मिनीको पुरानो मूल्य २४,५९ थियो। जेड १७ लाइटको मूल्यमा पनि रु।२,००० घटाउँदै नयाँ मूल्य २६,५०० कायम गरेको छ।

नूबिया जेड १७ मिनी एसको नयाँ मूल्य २८,००० रहेको छ । यसअघि यो स्मार्टफोनको पुरानो बजार मूल्य रु।२९,५०० रहेको थियो । त्यसैगरि नूबिया भी १८ स्मार्टफोनको मूल्यमा २,५०० घटाएर नयाँ बजार मूल्य रु। २५,००० कायम गरेको छ।

नूबियाका स्मार्टफोनहरुमा घटेको बजार मूल्यमा नै यी फोनहरु नेपालभर उपलब्ध रहेका छन्।

जेड १७ लाइट र जेड १७ मिनी एस स्मार्टफोनमा कम्पनीले स्न्यापड्रागन ६५३ प्रोसेसर राखेको छ भने यसमा ६जीबी तथा ६४ जीबीको स्टोरेज रहेको छ। 

ड्यूल रियर क्यामरा भएका स्मार्टफोनहरुमा ३२०० एमएएचको ब्याट्री ब्याकअप तथा फिंगरप्रिन्ट सेन्सर पनि रहेको छ। ६ जीबी भएका यी स्मार्टफोनहरु नेपाली बजारमा सबैभन्दा सस्तो मूल्यमा उपलब्ध हुनेछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्