शनिबार, वैशाख ८, २०८१

अस्पतालको लापरबाहीले स्वास्थ्य बीमाप्रति आकर्षण घट्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
वीरगंज- स्वास्थ्य सेवा प्रदायकको उदासिनताका कारण पर्सा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रमबाट लक्षित वर्गले अपेक्षित लाभ पाउन सकेको छैन।

सर्वसाधारणलाई न्यूनतम शुल्कमा सुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सरकारले आठ महिना अघि९ ७ जेठबाट० पर्सा जिल्लामा समेत स्वास्थ्य बीमा सेवा कार्यक्रम कार्यान्वयनमा ल्याए पनि अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रको उदासिनताका कारण सर्वसाधारण सेवाबाट बंचित हुनु परेको छ।

स्वास्थ्य बीमा योजना अन्तर्गत प्रतिव्यक्ति वार्षिक जम्मा २ हजार ५ सय रुपैयाँ बीमा शुल्क तिर्नुपर्छ।यो शुल्क वापत वार्षिक ५० हजार रुपैयाँसम्मको स्वास्थ्य उपचार सेवा र औषधी निस्शुल्क उपलब्ध हुन्छ।तर बीमाको शर्त अनुसार अस्पतालहरुबाट तोकिएको सेवा नपाएपछि स्वास्थ्य बीमाप्रति सर्वसाधारणको आकर्षण घट्न थालेको छ।
  
रंगपुरका संचारकर्मी प्रमोद यादवका अनुसार स्वास्थ्य बीमा सेवाको प्रचार प्रसार र बीमा योजना बिक्री गर्न गाउँ घरमा अभिकर्ताहरु खटिएपनि सेवा प्रदायक स्वास्थ्य संस्थाका कारण बिरामीले दुस्ख पाइरहेका छन्।

बीमा योजना बेच्दा अभिकर्ताले सबैखाले‌ उपचार सेवा निस्शुल्क उपलब्ध हुन्छ भन्छन्, उनले भने, अस्पतालमा‌ पुग्दा यो‌ रोगको निस्शुल्क उपचार सुविधा उपलब्ध छैन,पैसा तिर्नुपर्छ भनेर बीमितसँग रकम असुल्ने गरेका छन्।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति पर्साले सम्झौता गरेका स्वास्थ्य संस्थाको औषधी पसलमा चिकित्सकले सिफारिस गरेका औषधी उपलब्ध नभएको बीमितको गुनासो छ।

स्वास्थ्य बीमा कार्यक्रमका पर्साका अनुसार करिब ६ हजार परिवारले स्वास्थ्य बीमा गराएका छन्।प्रमुख हरिश पन्तले प्रारम्भमा स्वास्थ्य बीमा सेवाप्रति सर्वसाधारणको आकर्षण बढेपनि अस्पतालको लापरवाहीका कारण अहिले आकर्षण घट्दै गएको छ।सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले अस्पतालसँग गरेको सम्झौता अनुसारको सेवा सुविधा बिरामीले पाउन नसकेको जानकारी आफूले समेत पाएको प्रमुख पन्तले बताए।

 बीमा बोर्डले स्वास्थ्य केन्द्र भिखमपुर, बगही र बागेश्वरी तित्रौना प्राथमिक स्वास्थ्य केन्द्रका साथै वीरगंजको नारायणी उपक्षेत्रीय अस्पताल र नेशनल मेडिकल कलेजसँग सम्झौता गरेको छ। नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिडेन्ट डा।एमामुल हकले स्वास्थ्य बीमा अस्पतालमा सामाजिक सेवा एकाइ स्थापना गरिएको भएपनि जानकारीको अभावमा बिरामीलाई समस्या भइरहेको दाबी गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्