काठमाडौं- युएईसँगको जारी टी-२० सिरिजके पहिलो खेलबाट राष्ट्रिय टोलीको टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका सन्दीप जोराले अर्धसतक पुरा गरेका छन् । यसअघि टस हारेर ब्याटिङ गरेको युएईले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याउनले क्रमममा सन्दीपले आफ्नो डेब्यु खेलमा नै अर्धशतक पुरा गरेका हुन् ।
उनले ४२ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । सन्दीपले भरखरै सम्पन्न युएईएसँगको एकदिवसीयबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । एकदिवसीय डेब्यु खेलमा पाँचौ नम्वरमा ब्याटिङ गर्न मैदान गएका उनले लोभलाग्दो प्रदर्शन गरे ।
यो पनि पढ्नुस् : राष्ट्रिय टोलीमा उदाएका अर्का सन्दीपउनले मात्र २० बल खेल्दै एक चौका र एक छक्का प्रहार गर्दै १९ रन जोडेका थिए । सुदुर पश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भीमदत्त नगरपालिकामा बस्दै आएका जोरा अण्डर-१९ राष्ट्रिय टोली र घरेलु टी-२० प्रतियोगितामा केही उत्कृष्ट प्रदर्शन गरेपछि राष्ट्रिय टोलीमा परेका हुन् ।
गएको सेप्टेम्बरमा भएको यु-१९ एसिया कपमा छनोट भएपछिको पहिलो खेलमा उनले युएईविरुद्ध ७४ बलमा ७६ रन बनाएर आफ्नो प्रतिभा देखाएका थिए । त्यस्तै भारतविरुद्ध पनि २० बलमा २० रन बनाएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४