बुधबार, वैशाख १२, २०८१

६ युवतीको उद्धार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- भारत हुँदै तेस्रो मुलुक जान लागेका ६ नेपाली युवतीको उद्धार गरिएको छ।उनीहरूलाई  माइती नेपालले दिल्लीको वुमन कमिसनसँगको सहकार्यमा भारतको नयाँदिल्लीबाट उद्धार गरेको हो।

दलालले वैदेशिक रोजगारीको प्रलोभनमा पारेर २६ युवतीलाई तेस्रो मुलुक लैजान लागेका थिए।तीमध्ये ६ जनाको मात्र उद्धार गर्न सफल भएको माइती नेपालले जनाएको छ।उद्धार गरिएका महिलामा मोरङ, सुनसरी, नुवाकोट, काभ्रेका छन्।उनीहरूलाई एक साताभित्र नेपाल ल्याउने तयारी रहेको माइती नेपालका अध्यक्ष विश्वराम खड्काले  जानकारी दिए।उद्धार गरिएका युवतीलाई दिल्लीस्थित महिला आयोगको संरक्षण केन्द्रमा छन्।त्यहाँको कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई नेपाल ल्याइनेछ ।

ती महिलाको हवाई टिकट दिल्लीबाट भारतको उत्तरपूर्वी राज्य मनिपुरको राजधानी इम्फालसम्मको थियो।इम्फाल बर्माको सिमानामा पर्छ।दलालले उनीहरूलाई बर्माको ट्रान्जिटबाट मध्यपूर्वतर्फ लैजान लागेका थिए ।

नयाँ ट्रन्जिटबाट हुँदैछ महिला बेचबिखन

खुला सिमानाका कारण महिला बेचबिखन हुन थालेपछि, नेपाल सरकारले भारतको  विमानस्थल हुँदै अन्य कुनै देश जानुपरे भिसा तथा ‘नोअब्जेक्सन लेटर’ को नियम लागू गरेको थियो।अवैध रुपमामा नयाँ दिल्ली लगिएका युवतीलाई इन्दिरा गान्धी विमानस्थल हुँदै श्रीलंका लगिन्थ्यो।त्यहाँबाट उनीहरू मध्यपूर्वका मुलुकहरूमा बेचिन्थे ।

इन्दिरा गान्धी एयरपोर्टमा गरिएको कडाइपछि दलालहरूले नयाँ मार्गबाट महिलालाई बेचबिखन गर्न थालेका छन्।दिल्लीमा कडाइपछि दलालहरूले नयाँ रुट प्रयोग गर्न थालेको माइती नेपालका अध्यक्ष खड्काले बताए ।

वैदेशिक रोजगारीको प्रलोभन

पहिले विवाह, प्रेमजस्ता विभिन्न प्रलोभनमा महिलालाई सीमापारि लगिन्थ्यो।अहिले वैदेशिक रोजगारी तथा बढी पैसा कमाउने प्रलोभनमा महिलालाई विदेश लैजान दलालहरू सक्रिय छन्।विशेषतः १८ देखि ३० वर्ष उमेर समूहका युवती प्रलोभनमा पर्ने गरेको माइती नेपालले जनाएको छ।कतिपय महिला त गैरकानुनी रूपमा विदेश जान तयार रहेकाले दलाललाई सजिलो हुने गरेको अध्यक्ष खड्काले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।