शनिबार, वैशाख ८, २०८१

बुध्द एयरले माघ मै भद्रपुरमा रात्रीकालीन उडान भर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- बुध्द  एयरले भद्रपुरमा रात्रीकालीन उडान भर्ने भएको छ। भद्रपुर पूर्वका चार जिल्ला झापा, इलाम, पाँचथर, ताप्लेजुङको प्रवेशद्वार हो। त्यस्तै छिमेकी मुलुक भारतका सिलिगढि, दार्जिलिङ, सिक्किम मात्र नभई तेश्रो मुलुक भुटान तथा बंलादेशलाई पनि भद्रपुरले जोड्ने गरेको छ। 

बुधबार बुध्द एयरले भद्रपुरमा रात्रीकालीन विमान उडानको सफलतापूर्वक परीक्षण गरेको छ। यस प्रविधिलाई आरएनएभी(एरिया नेभीगेशन) भनिन्छ। 'आरएनएभी' को सहायताले 'लो भिजिबिलिटी' र हाल जडान गरिएको रनवे लाईटले अब रात्रीको समयमा पनि सुरक्षित तरिकाले उडान सञ्चालन गर्न सकिने भएको बताइएको छ। यो प्रविधि संसारभरि प्रचलित र सुरक्षित भएको कम्पनीको भनाइ छ।

यसअघि 'लो भिजिबिलिटी' र सूर्यास्तपश्चात् उडान रद्द गर्नुपर्थ्यो। जसले गर्दा यात्रुलाई पनि कठिनाई र विमान कम्पनीलाई पनि थप आर्थिक भार पर्ने गरेको थियो। अहिले भद्रपुरमा नियमित दुई उडान सञ्चालनमा छ। १० फेब्रुअरीबाट रात्रीकालिन उडानसँगै दैनिक तीन उडान सञ्चालन हुनेछ। 

हवाईयात्रा हरेक तप्काले गर्न सकुन् भन्ने उद्देश्यले बुध्द एयरले विभिन्न प्रकारका भाडादर राखेको जनाएको छ। रात्रीकालीन उडानका लागि नागरिक उड्डयन प्राधिकरण र यसका विशेषज्ञ टोलीले यसअघि धनगढिमा पनि आवश्यक पूर्वाधारहरु जडान गरी कम्पनीले टेस्ट फ्लाईट र लगत्तै रात्रीकालीन व्यवसायिक उडान भर्दै आइरहेको जनाएको छ।

बुध्द एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सहकार्य गरी आफ्नो प्राविधिक टोलीलाई संलग्नता गराई शुरुदेखि नै आरएनएभी प्रविधिलाई विभिन्न विमानस्थलहरुमा कार्यान्वयन गर्दै आएको छ। आगामी दिनमा थप विमानस्थलहरु जस्तै तुम्लिङतार, सुर्खेत, भरतपुरमा पनि विस्तार गर्दै जाने योजना बनाएको छ।

आरएनएभी प्रविधि जनकपुर एयरपोर्टमा पनि बुध्द एयर तथा प्राधिकरणको सहकार्यमा सम्पन्न हुने अवस्थामा रहेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्