एजेन्सी- अन्तिम आठको निर्णाय खेलमा सेभिल्ललाई पराजित गर्दै बार्सिलोना स्पेनीस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वाटरफाईनलको दोस्रो लेगमा सेभियालाई ६-१ को फराकिलो अन्तरले पराजित गर्दै बार्सिलोनाले कोपा डेल रे को सेमिफाइनलमा प्रवेश गेरेको हो ।
घरेलु मैदानमा बार्सिलोनाको जितका लागि फिलिप्पे काटिन्होले २, तथा कप्तान लियोनल मेस्सी, लुइस स्वारेज, सेर्गी रोबर्टो र इभान राकिटिकले समान एक एक गोल गरे । यता सेभिल्लका लागि गुइल्हेर्मे अरनाले सान्तोना गोल गरे ।
इसजितसँगै बार्सिलोनाले समग्रमा ६-३ को जितसहित सेमिफाइनलमा स्थान बनाएको हो । पहिलो लेगमा बार्सिलोना २-० गोल अन्तरले पछि परेका थियो ।
खेलको १३ औं मिनेटमा काटिन्होले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए ।
खेलको २७ औं मिनेटमा इभर बेनेगाले पेनाल्टीमा गोल गर्न नसक्दा सेभियाले खेल बराबरी गर्ने मौका गुमायो । ३१ औं मिनेटमा राकिटिकले गोल गर्दै बार्सिलोनाले पहिलो हाफमा २-० को अग्रता बनायो ।
खेलको ५३ औं मिनेटमा कौटिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता तेब्बर बनाए । ५४ औं मिनटमा रोबर्टोले गोल गर्दा बार्सिलोनाले ४-० ले अग्रता लियो । तर, खेलको ६७ औं मिनेटमा सेभियाका गुइल्हेर्मेले गोल गर्दै खेल ४-१ को बनाए । यस्तै खेलको ८९ औं मिनेटमा स्वारेज र खेलको इन्जुरी समयमा मेस्सीले गोल गरेपछि बार्सिलोनाले ६-१ विजयी भएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४