शनिबार, वैशाख ८, २०८१

चिकित्सकहरु सडकमा : आज माइतीघरमा प्रदर्शन गर्ने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- अनशनरत डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै देशभरका चिकित्सकहरु सडकमा उत्रिएका छन् । सरकारले समस्या समाधानका लागि पहल नगरेको भन्दै उनीहरुले आन्दोलन थालेका हुन् । 

नेपाल चिकित्सक संघको अगुवाइमा सरकारलाई दबाब दिन बिहीबार माइतीघर मण्डलामा बृहत सभा तथा प्रदर्शनी गरिने भएको छ । मध्यान्ह हुने प्रदर्शनमा पाँचसय भन्दा धेरै चिकित्सक सहभागी हुने भएका छन् । प्रदर्शनमा नागरिक अगुवाहरुको समेत सहभागीता रहने संघले जनाएको छ । 

संघकाका अध्यक्ष डा. मुक्तिराम क्षेष्ठले सरकारले डा केसीको मागलाई उपेक्षा गरे अझै शसक्त आन्दोलन गर्न चिकित्सकहरु बाध्य हुने चेतावनी समेत दिएका छन् । चिकित्सकहरुको सामान्य आन्दोलनलाई कमजोरीका रुपमा नबुझ्न पनि उनले आग्रह गरेका छन् । 

संघकै नेतृत्वमा त्रिवि शिक्षण अस्पताल, काठमाडौंमा केसीको पक्षमा सोमबारदेखि सुरु भएको रिले अनशन पनि जारी छ। चिकित्सक संघका अनुसार देशभरका मुख्य सहरहरु विराटनगर, धरान, जनकपुर, चितवन, वीरगञ्ज, बुटवल, पोखरा, नेपालगन्ज, धनगढीलगायतमा चिकित्सक डा. केसीको पक्षमा सडकमा उत्रेर प्रदर्शन गरेका छन्।

प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सकले पनि केसीको जीवनरक्षाको माग गर्दै प्रदर्शन गरेका छन्। केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनको जीवनरक्षाका लागि देशभर चिकित्सक सडकमा आएको संघले जनाएको छ। 

डा. केसी आफ्नो १५औं अनशन क्रममा सरकारले गरेको सहमति कार्यान्वयन माग राखेर पुस २५ गतेदेखि अनशनमा छन्। उनी अनशन बसेको बिहीबार २३ दिन पुगेको छ। तर, सरकारले वार्ताका लागि आजसम्म पहल गरेको छैन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।