शनिबार, वैशाख ८, २०८१

सहिद दिवसमा साहित्य : ‘नेपाल सहिद उत्पादन गर्ने देश’  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भैरहवा- बुधबार दिउँसो करिब २ बज्दै थियो। भैरहवाको पीसनाइट होटलमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार विजय सागर जब पोडियममा खडा भए तब उनी आक्रोसित हुँदै भन्न थाले हामी सहिद उत्पादन गर्ने देशका नागरिक हौं। के हाम्रो अब परिचय यहि हो? देशमा हजारौं सहिद भईसके। दिनदिनै सहिदको सूचीमा नाम थपिएकै थपिए छ भन्दै उनले भने,‘रुखबाट खसेका, जाँड खाएर मरेका, आफ्ना मान्छेहरु जो जाँहा मरेपनि सहिद घोषणा गर्ने प्रवृति हाबी हुँदा देशको लागि ज्यानको बलिदानी दिएकाहरुको अपमान भएको छ। यस्तो गलत कार्य तत्काल रोकिनुपर्दछ। ’

७८ औं सहिद दिवसको अवसरमा सिर्जनसिल साहित्यिक समाज भैरहवाले आयोजना गरेको कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकारहरुले पछिल्लो समय सरकारले दबाब र प्रभावको भरमा जसलाई पनि सहिद घोषणा गर्न थालेको भन्दै सच्चा सहिदको अपमान भएको बताएका हुन्। सहिद दिवसको दिन देशकोलागि बलिदानी दिने चार सहिदलाई सम्झिदैं साहित्यकारहरुले नेपाल विश्व मानचित्रमा सहिद उत्पादन गर्ने देशको रुपमा परिचित हुन थालको भन्दै चिन्ता समेत व्यक्त गरेका छन्।

७८ औं सहिद दिवस तथा सिसासको १५ औं वार्षिक उत्सवको अवसरमा भैरहवामा आयोजित कार्यक्रममा चार जना साहित्यकारलाइ राष्ट्रिय स्तरको साहित्यिक पुरस्कार समेत प्रदान गरिएको छ।

कार्यक्रममा सृजनशील श्री फाइनान्स साहित्यिक पुरस्कारबाट प्राज्ञ बुंद रानालाई नगद १५ हजार सहित ताम्रपत्रले पुरस्कृत गरिएको छ। लुम्बिनी सन्देश पत्रिकामा स्वर्ग नै रहेछ 'भू' मा भन्ने पहिलो कविता ०२५ सालमा औपचारिक रुपमा प्रकाशित भएपश्चात साहित्यिक क्षेत्रमा सशक्त रुपले अघि बढेका राना नेपालका चिरपरिचित साहित्यकार हुन्। पुरस्कृत रानाको बारेमा वरिष्ठ साहित्यकार विजय सागरले स्रष्टा परिचय गराएका थिए। रानालाई प्राज्ञसभाका सदस्य प्रा डा कपिलदेव लामिछाने र सिर्जनसिल साहित्यिक समाजका अध्यक्ष शसि पन्थीले पुरस्कार प्रदान गरेका थिए।

यसैगरी सृजनसिल गंगा साहित्यिक पुरस्कार दुर्गा पौड्याललाई अर्पण गरिएको छ। नगद सात हजारसहित ताम्रपत्रले पौड्याललाइ सो अवसरमा पुरस्कृत गरिएको थियो। 'खुशी हुने बाँच्न देऊ' शिर्षकको कविता ०५४ सालमा पहिलो पटक औपचारिक रुपमा प्रकाशन गरी साहित्यिक क्षेत्रमा स्थापित कवियत्री पौड्याल चिरपरिचित लेखक समेत हुन्। 

उनको बारेमा लता प्रधानले परिचय गराएकी थिइन्। यसैगरी सिर्जनसिल छविलाल साहित्यीक पुरस्कारबाट देबेन्द्र राज शाक्यलाइ पुरस्कृत गरिएको छ । नगद र ताम्रपत्र सहित शाक्यलाई पुरस्कृत गरिएको हो। शाक्यका बैशाख पुर्णिमा र यो बटौली हो भन्ने  कृति २०६१ सालमा प्रकाशन गरेका थिए । शाक्यको बारेमा साहित्यकार नारयण प्रसाद भण्डारीले परिचय गराएका थिए।

यसैगरी सोही अवसरमा सिर्जनशील स्रष्टा सम्मानबाट सुभाष रिजाल यात्रीलाई सम्मान गरिएको छ। यात्रीको दैनिक लुम्बिनीमा पहिलो पटक मेरो देश भन्ने कविता प्रकाशन भएको थियो। यात्रीको बारेमा विष्णु गजुरेलले परिचय गराएका थिए।

सिसासको अध्यक्ष शसि पन्थिको अध्यक्षता , कमल पोखरेलको सन्चालनमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथी प्राज्ञ कपिलदेव लामिछानेले साहित्यीक सृजना मार्फत सहिदहरुले देखाएको सहि मार्गलाइ पहिल्याउन देशबासीमा सन्देश प्रवाह गर्नुपर्ने बताए।

राजेश जिज्ञासुको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ आख्यानकार बनमालि निराकार, सिद्धार्थ साहित्य परिषदको अध्यक्ष डिल्लीराज भट्टराई, डा. शंकर प्रसाद नेपाल, नरेन्द्र भण्डारी, शिलसागर त्रिपाठी, सोनु गुरुंग, ममता माण्डब्य, रामबहादुर श्रेष्ठ, छवि ज्ञवाली लगायतले जसलाई पायो त्यसलाई सहिद घोषणा गर्दा समस्या सृजना भईरहेको भन्दै सरकारलाई सचेत समेत गराए।

विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा, दशरथ चन्द एवं गङ्गालाल श्रेष्ठलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए। उनै सहिदको स्मृतिमा माघ १६ का लागी सहिद दिवस घोषणा गरी मनाउन थालिएको हो तर संघीय सरकारले यसपटक यो विषयमा कुनै घोषणा नगर्दा जनतामा निराशा समेत सृजना भएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।