शुक्रबार, वैशाख ७, २०८१

आइसियु जान मानेनन् डा केसी, अवस्था जटिल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- २२ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । सेतो रगत र रगतमा ग्लुकोजको मात्रा अत्यधिकमा कमि आएसँगै अवस्था जटिल बन्दै गएको चिकित्सकहरुले जनाएका छन् । 

दिनानुदिन अवस्था विग्रिदै गएपछि चिकित्सकहरुले डा केसीलाई अस्पताल भर्नाका लागि आग्रह गरेका छन् । तर, उनले त्यसलाई अस्विकार गरेको शिक्षण अस्पतालका आइसियु विशेषज्ञ डा.प्रमेश श्रेष्ठले जानकारी दिए । 

दुई पटक मुटुको एन्जियोग्राम गरेका डा.केसीलाई छाती दुख्ने समस्या बढ्दै गएको छ ।उनको शरीरमा सेतो रगतको मात्रामा समेत कमी आएको छ। डा. केसीको खाली पेट भएका कारणले उनको शरीरमा सेतो रगतको मात्र कम भएको डा. सुवास आचार्यले बताए। उनका अनुसार डा. केसीलाई संक्रमणको उच्च जोखिम रहेकाले चिकित्सकहरूको निगरानीमा राखिएको छ।

पुस २५ देखि इलामबाट अनशन सुरु गरेका डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि हेलिकप्टरबाट काठमाडौं ल्याएर उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। आफ्ना माग पूरा नभएसम्म अनशन जारी राख्ने डा. केसीको अडान छ। सरकारले भने अहिलेसम्म वार्ताका लागि पहलसमेत गरेको छैन । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।