शुक्रबार, वैशाख १४, २०८१

ग्लोबल र रिलायवलबीच सम्झौता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेड र रिलायबल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्ससम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ। 

सम्झौता पत्रमा हस्ताक्षरपछि ग्लोबल आईएमई बैंकका १३३ वटै शाखामार्फत रिलायबल लाइफ इन्सुरेन्स कम्पनी लिकोजीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ। 

उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका तर्फबाट कायमुकायम प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालर रिलायबल लाइफ इन्सुरेन्स कम्पनी लि कोतर्पmबाट प्रमुख कार्यकारी अधिकृत श्री नारायणबाबु लोहनीले हस्ताक्षर गरेका हुन्। 

ग्लोबल आइएमई बैंकले सबैक्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले विभिन्न स्थानमाशाखा,एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ् सेवामाफर्त आफ्ना ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ। बैंकले १३३ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ७ वटा एक्सटेन्सन काउण्टर तथा ११७ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि-सम्पर्क कार्यालय मार्फत आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ। 

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि-सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ। 

त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन,अष्टे«लिया, बेलायत र भारत लगायतकामुलुकबाटरेमिट्यान्स भि¥याउदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्