काठमाडौं- नेपालका नम्बर एक टेबल टेनिस खेलाडी द्वय नविता श्रेष्ठ र सान्टु श्रेष्ठ स्ट्याग इन्टरनेसनलको ब्राण्ड एम्बासडर बनेका छन् ।
भारतीय कम्पनी टेबल टेनिस खेल सामग्री निर्माण कम्पनी स्ट्यागले नेपाली खेलाडी द्वयलाई दुई बषएका लागि ब्राण्ड एम्बासडरमा नियुक्त गरेका हो । कम्पनिले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै २ वर्ष लागि ब्राण्ड एम्बासडर बनाएको हो ।
सम्झौता अनुसार दुवै खेलाडीलाई २ वर्षसम्म उक्त कम्पनिले खेल सामग्री उपलब्ध गराउने छ । नविता महिलातर्फ र स्यान्टु पुरुषतर्फ नेपालका नम्बर एक खेलाडी हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४