शनिबार, वैशाख ८, २०८१

ट्याक्सी चालकमाथि ‘हाउमच’ अभियान, ६७ कारबाहीमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart


काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने ट्याक्सीविरुद्धको कारबाहीलाई तीव्रता दिएको छ । 

सोमबार मात्रै उपत्यकाका विभिन्न स्थानबाट कानून विपरीतका कार्य गरी यात्रु ठग्ने ६७ ट्याक्सी चालकलाई कारबाही गरेको महाशाखाले जनाएको छ । महाशाखाबाट खटिइएका टोलीले यात्रुसँग बार्गेनिक गर्ने १० र यात्रु लिन इन्कार गर्ने ४० वटा ट्याक्सीलाई कारबाही गरेको ट्राफिक प्रहरी प्रवक्ता जयराज सापकोटाले जानकारी दिए । 

 त्यस्तै महाशाखाअन्तर्गतका विभिन्न युनिटले १७ वटा ट्याक्सीलाई कारबाही गरेको उहाँले जानकारी दिए । ट्राफिक प्रहरीले यात्रुसँग भाडा बार्गेनिङ गर्ने ट्याक्सी चालकलाई ‘हाउमच’ अभियान सञ्चालन गरेरै कारबाही गर्ने गरेको छ । 

हाउमच अभियानमा कारबाहीमा पर्ने ट्याक्सी चालकलाई प्रत्येक पटक प्रहरीले रु तीन हजार जरीवाना गर्ने गरेको छ । त्यस्तै पाँच पटकभन्दा बढी हाउमच कारबाहीमा पर्ने ट्याक्सी चालकको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिश गर्ने गरिएको उनले बताए ।  

मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ट्याक्सी चालकलाई भने रु ५०० देखि रु एक हजार ५०० सम्म जरिवाना गर्ने गरिएको प्रवक्ता सापकोटाले जानकारी दिए । प्रहरीले उपत्यकाका विभिन्न स्थानमा नियमित अनुगमन गरी कसुर फेला परेका ट्याक्सी चालकलाई कारबाही गर्दै आएको छ । 

यसअघिको तुलनामा यात्रु ठगिने क्रम न्यूनीकरण भएको दाबी गर्दै प्रवक्ता सापकोटाले ट्राफिक प्रहरीले आफ्नो क्षमताले भ्याएसम्म ठगी न्यूनीकरणको अभियान चाल्दै आएको बताए । ट्याक्सी प्रयोग गर्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने, यात्रुले चाहेको स्थानमा जान नमानेमा तत्काल खबर गर्नसमेत महाशाखाले आग्रह गरेको छ । ट्राफिक प्रहरीले कारबाहीलाई तीव्रता दिए पनि ठगिने क्रम नरोकिएको यात्रुको गुनासो छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।