काठमाडौं- जारी एकदिवसीय सिरिजको तेस्रो खेलमा युएईले दिएको २ सय ५५ रनका लक्ष्य पछ्याउने क्रममा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले अर्धशतक पुरा गरेका छन् ।
बिनोद भण्डारीको स्थानमा तेस्रो नम्वरमा मैदान आएका कप्तान खड्काले आक्रमक ब्याटिङ प्रस्तुत गर्दै अर्धशतक पुरा गरेका हुन् । उनले ५० बल खेल्दा ९ चौका प्रहार गर्दै अर्धसशतक पुरा गरेका हुन् ।
यतिबेला उनलाई क्रिजमा युवा खेलाडी सन्दीप जोराले साथ दिईरहेका छन् । तर कप्तान पारसले अर्धसतक पुरा गर्दा मैदानमा युवा खेलाडी दिपेन्द्र सिंह ऐरी थिए। यितबेला २२ ओभर पुग्दा नेपालले ३ विकेट गुमाएर १ सय ११ रन जोडेको छ ।
यसअघि टुस हारेर ब्याटिङको निम्तो पाएको युएईका लागि सैमन अन्वरले उत्कृष्ट अर्धसतक र मोहमद बुटाको आक्रामक अर्धशतक प्रहार गरेका थिए । युएईका लागि अन्वरले ८७ र बुटाले ५९ रन जोड्दा युएईले नेपाल सामु विशाल लक्ष्य सुम्पेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४