शनिबार, वैशाख ८, २०८१

निर्मला र आमाको डिएनए मिल्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी – बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको डिएनएसँग उनकी आमाको डिएनए मिलेको छ। निर्मलाको योनीबाट संकलन गरिएको भजाइनल स्वाबबाट तयार पारिएको डिएनए प्रोफाइलसँग आमाको डिएनए प्रोफाइल मिलेको प्रहरीले जानकारी दिएको छ। 

निर्मलाको भजाइनल स्वाबबाट तयार पारिएको डिएनए प्रोफाइलसँग आमा दुर्गादेवी पन्तको रगतको नमुनाबाट तयार पारिएको डिएनए प्रोफाइलसँग मेल खाएको रिपोर्ट आएको कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर कडायतले जानकारी दिए। 
‘निर्मलाको भजाइनल स्वाबवाट तयार पारिएको डिएनए उनको हो वा होइन भन्ने सबैमा शंका थियो,’ एसपी कडायतले भने, ‘आमाले त्यही शंका कम गर्नका लागि हामीलाई रगतको नमुना संकलन गरिदिन आग्रह गरेकी थिइन्।’

प्रहरीले आमा दुर्गादेवी पन्तले आफ्नो रगतको नमूना संकलन गरिदिन आग्रह गरेपछि गत पुष २६ गते उनको रगतको नमुना संकलन गरेर काठमाडौं पठाएको थियो। जिल्ला प्रहरी कार्यालयले रगतको नमुना संकलन गरेर प्रहरीको प्रयोगशाला र विधि विज्ञान दूवै ठाउँमा नमूना पठाएको थियो। रिपोर्टमा दूवैको डिएनए प्रोफाइल ९९ दशमलव ९९ प्रतिशत मेल खाएको उनले बताए। 

निर्मला की आमा दुर्गादेबीले अनुसन्धानमा सहयोग पुर्‍याउन आफू तयार रहेको भन्दै सुरुदेखि नै आफ्नो रगतको नमुना संकलन गर्न माग राख्दै आएकी थिइन्। दुर्गादेवीले पुष २६ गते रगतको नमुना दिएपनि उनका श्रीमान यज्ञराजले भने दिन मानेका थिएनन्।

राष्ट्रिय मानवअधिकार आयोगले गठन गरेको बिज्ञसहितको टोलीले भने निर्मलाको भजाइनल स्वाब संकलनमै शंका गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।