काठमाडौं- कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०७६ सालको साधारण तथा प्राविधिक समूहतर्फका नियमित, ग्रेडवृद्धि, एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको हो।
परीक्षा तालिका अनुसार कक्षा १२ को परिक्षा ०७६ वैशाख १५ बाट सुरु हुने छ । परिक्षा बैशाख २६ सम्म चल्नेछ । कक्षा ११ को परीक्षा १२ को सकिएलगत्तै वैशाख २९ बाट सञ्चालन हुने बोर्डले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४