बुधबार, वैशाख १२, २०८१

रोहितले रचेको कीर्तिमान : क्रिकेटको चम्किलो किरण 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- २०१४ मा नेपालले पहिलो पटक टी-२० विश्वकप खेल्दा टेलिभिजन अगाडि बसेर विश्वकप हेर्ने लाखौ समर्थकमध्ये एक थिए रोहित पौडेल पनि। उनलाई पनि लाग्थ्यो, म पनि अर्को पारस खडका बन्न पाए हुन्थ्यो। जतिबेला उनी टोलमा टेनिस बलले क्रिकेट खेलेरै रमाइरहेका थिए। 

बुबाले राम्रो पढेर डाक्टर इन्जिनियर बन बाबु भन्दै गर्दा उनको मन अर्कैतिर मोडियो। उनमा एकाएक क्रिकेटको तृष्णा जाग्यो, एउटा स्टार क्रिकेटर बन्ने सपना देखें अनि अठोट बोकेर उनी मैदानमा उत्रिए।  अनेक हन्डर खाए, हौसला पनि त्यति नै पाए। झन्डै पाँच वर्षको संघर्षसँगै उनी नेपाली क्रिकेटको एउटा आशालाग्दो किरणको रुपमा उदाएका छन्। 

यो फ्ल्यासब्याकले रोहितलाई शनिबार केही भावुक बनायो। शनिबार उनले आफ्ना सबै फ्यानलाई दंग पार्दै कीर्तिमान रचे। उनको सफलता सुनेर डाक्टर इन्जिनियर बन्न सुझाव दिने बुबाआमा पनि निकै प्रशन्न भए। 

केही बर्ष अघि सम्म नेपाली क्रिकेटमा घरेलु प्रतियोगिता नहुँदा नेपाली क्रिकेट खेलाडीले प्रतियोगिता खेल्न अन्तर्राष्ट्रिय प्रतियोगिता नै कुर्न पथ्र्यो। तीनै अन्तर्राष्ट्रिय प्रतियोगिता मध्यबाट केही खेल नेपाली टेलिभिजनबाट प्रशारण हुने गर्दथे। अहिले त्यो परिवेश पुरै बदलिएको छ। अन्तराष्ट्रिय प्रतियोगिताका अनेक अवसरसँगै स्वदेशमा पनि माहोल क्रिकेटमय भएको छ। 

निकै कम बोल्ने र लजालु स्वभावका रोहित अहिले नेपाली टिमको फिनिसरको रुपमा उदाएका छन्। उनी अहिले विश्वका फ्रेन्चाइन क्रिकेट लिगमा नभइ नहुने सन्दीप लामिछाने जस्तै निकै सम्भावनाका साथ अघि बढिरहेका छन्।

नवलपरासीमा जन्मिएका १६ वर्षिय रोहित घरका कान्छा छोरा हुन्। उनका बुवा कुमार पौडेल भारतमा लाहुरे थिए। उनी छोरालाई डाक्टर, इन्जिनियर बनाउने चाहन्थे। तर, दाइ र अंकलहरू क्रिकेट र फुटबल खेल्ने भएकाले उनलाई पनि खेलतिरै रुचि बढ्यो।

काठमाडौंको बालुवाटार क्रिकेट क्लबबाट खेल्दा उनी अलराउण्डर थिए। त्यतिबेला रोहित आफ्नी फुपूका छोरा बासुदेव थापासँगै बस्थे। बासुदेवले सन् २००१ मा यू–१९ राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका थिए। रोहित पढाइमा अब्बल थिएनन् तर क्रिकेटमा भने चौका र छक्का वर्षाउन उनी सिपालु थिए। त्यतिबेला उनी उक्त क्लबमा खेल्दा ओपनिङ ब्याटिङ गर्ने गर्दथे। बालुवाटार क्रिकेट एकेडेमीबाट विभिन्न प्रतियोगितामा भाग लिएका रोहितले क्रिकेट अभ्यासकै लागि दिल्ली समेत पुगे। तीन महिना दिल्लीमा रहँदा उनको करिअरले अर्कै मोड लियो।

त्यतिबेला देशैभर यू-१९ एसीसी एशिया कप २०१६ का लागि ट्यालेन्ट हन्ट चलिरहेको थियो। उक्त कार्यक्रममा सहभागी हुन रोहित आफ्नै ठाउँ नवलपरासी पुगे। अनी उनी भैरहवामा भएको ट्यालेन्ट हन्टबाट आफुलाई प्रमाणित गर्दै अन्तिम ५२ सदस्यीय टोलीमा छनोट भए। लगतै अन्डर–१९ टोलीको अन्तिम २४ हुदै अन्तिम १४ सदस्यीय टोलीमा छनोट हुन पुगे।

२०१६ को डिसेम्बरमा भएको अन्डर–१९ एसिया कपबाट करियर सुरु गरेका रोहितलाई राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान विनोद दासले ट्यालेन्ट हन्टमार्फत टिममा ल्याएका थिए। रोहितले डिभिजन–२ को तयारीका लागि युएईमा भएको अभ्यास खेलमा पनि प्रभाव जमाएका थिए। 

अन्डर–१९ एशिया कपमा श्रीलंकाविरुद्धको खेलमा डेब्यु गरेका रोहितले आफ्नो पहिलो खेलमा नेपाली टोली पराजित भएको थियो। दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट प्रदर्शनका बाबजुत पनि नेपालले श्रीलंकासँग १ रनको झिनो अन्तरले हार बेहोरेको थियो। नेपालले दोस्रो खेल भारतविरुद्ध खेलेको थियो।

 जुन खेल नेपाली टोलीको लागि खासै महत्वको नभए पनि व्यक्तिगत रुपमा रोहित पौडेलको लागि निकै खास साबित भयो। उक्त खेलमा उनले ६८ रन जोडेका थिए। त्यस खेलमा रोहितले भारतीय बलर कमलेश नगरकोटीको अन्तिम ओभरमा २ छक्का र ३ चौका प्रहार गर्दै २४ रन जोड्दै सनसनी माच्चाएका थिए।
 
त्यस्तै मलेसियामा सम्पन्न यु–१९ एसिया कप २०१७ को बंगलादेशसँगको खेलमा रोहितले ५४ बल खेलदै ४० रन बनाएका थिए।

भरखरै सम्पन्न एभरेस्ट प्रिमियर लिगमा दायाँ हाते ब्याट्सम्यान पौडेलले ललितपुर प्याट्रिएट्ससँगको लिग चरणको खेलमा मेहबुब आलमको एकै ओभरमा १८ रन जोडेका थिए। त्यसक्रममा उनले ११ बलमा ३१ रन बनाए। यस्तै ललितपुरसँगकै क्वालिफायर खेलमा रोहितले अन्तिम ओभरमा विजयका लागि १३ रनको आवश्यक हुँदा लगातार पहिलो ३ बलमा २ छक्का र १ रन लिंदै खेल जिताएका थिए।

गत वर्ष नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन-२ बाट रोहित नेपाली टोलीमा आएका हुन् । डिभिजन–२ अघि युएईमा खेलीएको युएई ‘ए’ सँगको पहिलो अभ्यास खेलमा ४३ रनको तेस्रो अभ्यास खेलमा २१ रनको योगदान दिएका थिए। घरेलु क्रिकेट र उमेर समुहमा राम्रो प्रदर्शन गरेका रोहितले छोटो समयमा राष्ट्रिय टिममा समेत उत्कृष्ट प्रदर्शन गरेका छन्। 

युएईसँगको पहिलो एकदिवसीय खेलमा नअटाएका उनी दोस्रो खेलमा स्थानमा पाएका थिए। जहाँ रोहितले अर्धशतक बनाउँदै रेकर्ड बनाए।

अफ्रिदी र सचिन तेन्दुलकरको ‘रेकर्ड ब्रेक’

रोहितले युएईसँगको दोस्रो एकदिवसीय खेलमा अर्धशतक बनाउदै सहिद अफ्रिदी र सचिन तेन्दुलकरको रेकर्ड तोडे। उनले १६ वर्ष १४६ दिन उमेर हुँदा युएईविरुद्ध ५८ बलमा ७ चौका प्रहार गर्दै ५५ रन बनाएर अफ्रिदी र सचिनको रेकर्ड तोडेका हुन्। सचिनले टेस्ट क्रिकेटमा र शाहिडले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहित भन्दा अघि कान्छो उमेरमा अर्धशतक पुरा गर्ने रेकर्ड बनाएका थिए। जुन रेकर्ड अहिले रोहितले आफ्नो नाममा गरेका छन्। 

अफ्रिदीले सन् १९९६ मा श्रीलंकाविरुद्ध आफ्नो एकदिवसीय अन्तर्राष्ट्रियमा १६ बर्ष २१७ दिनको उमेरमा डेब्यु गर्दै ३७ बलमा शतक बनाउदै कान्छो खेलाडी बनेका थिए। यस्तै सचिन तेन्दुलकरले सन् १९८९ मा पाकिस्तानविरुद्धको टेस्टमा १६ बर्ष २१३ दिन उमेर पुग्दा ५९ रन बनाउँदै टेस्ट क्रिकेटमा कान्छो उमेरमा अर्धशतक प्रहार गर्ने रेकर्ड बनाएका थिए। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आफ्नो फेसबुक र ट्वीटरमा पोस्ट गर्दै रोहित अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने कान्छो खेलाडी भएको पुस्टि गरेको छ।

एकदिवसीय डेब्यु गर्ने विश्वकै चौथो कान्छा 

रोहित पौडेल एकदिवसीय अन्तर्रा्ष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने पनि विश्वकै चौथो कान्छा खेलाडी पनि हुन्। पौडेलले गत वर्ष नेदरल्याण्डसँग नेपालले खेलेको एकदिवसीय सिरिज अन्तर्गत दोश्रो एकदिवसीयमा नेपालको लागि डेब्यु गरेका थिए। त्यस दिन रोहितको उमेर १५ वर्ष ३३५ दिन मात्रै थियो। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकै कम उमेरमा डेब्यु गर्ने खेलाडी पाकिस्तानका हसन राजा हुन्। उनले १४ वर्ष २३३ दिन उमेर हुँदा जिम्बाबेविरुद्ध सन् १९९६ मा डेब्यु गरेका थिए। 

केन्याका गुरदिप सिंहले सन् २०१३ मा अफगानिस्तानविरुद्ध डेब्यु गर्दा १५ वर्ष २५८ दिन उमेर थियो। तेश्रो नम्बरमा क्यानडाका खेलाडी नितिश कुमार रहेका छन्। उनले सन् २०१० मा अफगानिस्तानसँग डेब्यु गर्दा उनको उमेर १५ वर्ष २७३ दिन थियो।

रोहितको अर्को ३ किर्तिमान 

युएईसँग अर्धशतक प्रहार गर्ने क्रममा रोहित नेपालको लागि एकदिवसीय अन्तर्रा्ष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने पाँचौ नेपाली खेलाडी पनि बनेका छन्। उनी भन्दा अघि ज्ञानेन्द्र मल्ल, पारस खड्का, सोमपाल कामि र सुबास खकुरेलले अर्धशतक बनाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।