शनिबार, वैशाख ८, २०८१

बारा दुर्घटना : एसपी पोखरेलको शव काठमाडौं ल्याइयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम - सडक दुर्घटनामा मृत्यु भएका बाराका सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको शव काठमाडौं ल्याइएको छ। दुर्घटनापछि सिमरास्थित अस्पतालमा राखिएको उपरीक्षक पोखरेलको शव आइतबार बिहान काठमाडौं ल्याइएको हो।

एसपी पोखरेल र बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई चढेको बा १ झ १६३६ नम्बरको स्कोर्पियो जीप पूर्वपश्चिम सडक खण्डको बाराको पसहा नजिक रोकेर राखिएको ट्रयाक्टरको टेलरमा ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा घाइते भएका प्रमुख जिल्ला अधिकारी भट्टराईको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डीएसपी रञ्जीतसिंह राथौडले जानकारी दिएका छन्। बीरगंजस्थित हेल्थ केयर अस्पतालमा उनको उपचार चलिरहेको छ। प्रमुख जिल्ला अधिकारीको गम्भीर स्वास्थ्य अवस्थालार्ई हेर्दै शनिबार राती नै काठमाडौंबाट  मगाइएको हेलिकप्टर सिमरा विमानस्थलमा स्ट्याण्डबाई रहेको डीएसपी राथोडले बताएका छन्।

सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपतिसमेत रहेका एसपी पोखरेल करिब ८/९ महिनादेखि त्यहाँ कार्यरत थिए। सुरक्षा सेवाबाट अवकाश पाउन उनको १÷२ वर्ष समयमात्र बाँकी रहेको बताइएको छ।

कर्मचारी मिलन केन्द्रले निजगढस्थित शहीद हिरालाल पार्कमा आयोजना गरेको पिकनिकमा सहभागी भएर एसपी पोखरेल र प्रमुख जिल्ला अधिकारी भट्टराई काम विशेषले सर्लाही पुगेका थिए। सर्लाहीबाट फर्कने क्रममा जीप दुर्घटनामा परेको बताइएको छ।

सशस्त्र प्रहरीका एसपी पोखरेल चालक छेउको सिटमा अगाडी र प्रमुख जिल्ला अधिकारी भट्टराई बीचको सिटमा बसेका थिए। अगाडीको सिटमा बसकेका कारण एसपी पोखरेललाई धेरै चोट लागेको हुनसक्ने अनुमान गरिएको छ।

दुर्घटनामा प्रमुख जिल्ला अधिकारी भट्टराईका नियमित चालक जगत पटेल, सशस्त्र प्रहरी हवल्दार संजयकुमार यादव र शम्भु गुरुङ सामान्य घाइते भएका छन्। उनीहरुको उपचार बीरगंजमा चलिरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।