काठमाडौं – मौसममा आएको खराबीका कारण आइतबार विहानैबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण प्रभावित बनको छ। विमानस्थलका कर्मचारी केशव भट्टराइका अनुसार मौषममा आएको खराबीका कारण भिजिबिलिटी कम हुँदा उडान अवतरण प्रभावित भएको हो।
उनले बिहान ६ः३० बजेबाट उडान अवतरण प्रभावित भएको जानकारी दिए। उनले भरखरै एउटा जहाज दिल्लीका लागि उडेको जानकारी दिँदै अर्को उड्ने तयारीमा रहेको बताए। ‘विस्तारै समस्या कम हुँदै गएको छ। केही सयमा उडान नियमित हुने छ’, उनले भने।
उडान हुन नसक्दा बिहानै एयरपोर्ट पुगेका यात्रुहरु भने बिचल्लीमा परेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४