मंगलबार, वैशाख ११, २०८१

जनकपुरमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – जनकपुरमा साहित्य कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने भएको छ। मैथिली विकास कोषले जनकपुरमा कला, साहित्य तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको आयोजना गर्न लागेको हो।

महोत्सव फाल्गुन १८ गतेदेखि २३ गतेसम्म चल्ने कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिए। ६ दिनसम्म चल्ने महोत्वसमा १० वटा नाटक मञ्चन गरिनुका साथै राजनीति, कला, संस्कृति, भाषालगायतका विषयमा गहन छलफल गरिने उनले बताए।

अध्यक्ष चौधरीका अनुसार महोत्सवमा नेपाल तथा भारतका साथै बंगलादेश र अफगानिस्तानका नाट्य समूहरुको समेत सहभागीता रहने छ। महोत्सवमा सहभागी हुन श्रीलंका र केहि युरोपियन मुलुकलााई आमन्त्रण गरिएपनि जनकपुरमा उपयुक्त थिएटर हल नभएकाले आउन नमानेको अध्यक्ष चौधरीले बताए।

महोत्सवमा भारतबाट आउने नाट्य समूहले हिन्दी, भोजपुरी र मैथिली गरी तीनवटा नाटक मञ्चन गर्नेछन्। यसैगरी बंगलादेश र अफगानिस्तानबाट आउने नाट्य समूहले आफ्नै भाषामा नाटक मञ्चन गर्ने बताइएको छ।

यसैगरी काठमाडौंबाट सहभागी हुने नाट्य समूहले नेपाली र जनकपुरको टोलीले तीनवटा मैथिली नाटक मञ्चन गर्ने कार्यक्रम तय भएको कोषका अध्यक्ष चौधरीले जानकारी दिएका छन्।

६ दिनसम्म चल्ने महोत्वसमा नेपाल तथा भारतका विद्वानहरुले कला, संस्कृति, भाषा, राजनीतिलगायतका विषयमा चर्चा गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा भाषाविद् डा.रामअवतार यादव, राजनीतिक विश्लेषक सीके लाल, वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमललगायतका व्यक्तिहरुको सहभागिता रहने बताइएको छ। यसैगरी महोत्सवमा नेपाल तथा भारतका कलाकारहरुले दैनिक सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने आयोजक मैथिली विकास कोषले जनाएको छ।

मैथिली विकास कोषले यसअघि २०७३ सालमा पहिलो पटक कला साहित्य एवं नाटक महोत्सवको आयोजना गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।