बुधबार, वैशाख १२, २०८१

डाबोस सम्मेलनमा बोल्दा कहाँ कहाँ चिप्लिए ओली ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
मंगलबार देखी चार दिन सम्म स्विट्जरल्यान्डको डाबोसमा भएको विश्व आर्थिक मन्चको सम्मेलनमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुइ सेसनमा भाग लिए । विश्वका २७ देशका राष्ट्रप्रमुख, विश्वका प्रतिष्ठित कम्पनीका मालिक, अर्थशास्त्रका प्राध्यापक, आर्थिक पत्रकार  तथा विज्ञहरुको भेलामा प्रधानमन्त्री ओली नेपालको प्रतिनिधित्व गर्ने प्रथम प्रधानमन्त्री बने । 

सम्मेलन अवधिका महत्वपुर्ण ३५० सेसनहरुमा दूइ महत्वपुर्ण सेसनमा सहभागी भएका  प्रधानमन्त्री ओलीले  नेपालमा लगानी ल्याउन चाहेको कुरा, सार्कलाइ पुनर्ताजगि गराउने कुरा, नेपाली लोकतन्त्र र प्रेस स्वतन्त्रताको लागी आफ्ना मन्तव्यहरु दिए । 

दोश्रो दिनको  'सेपिङ द फ्युचर अफ डेमेक्रेसी'  अर्थात 'प्रजातन्त्रको भविष्य निर्धारण' विषयमा  औसत भन्दा राम्रो प्रस्तुति दिए प्रधानमन्त्रीले । नेपालमा लोकतन्त्र, प्रेस स्वतन्त्रता र संघिय सरकारको केन्द्रिकृत शक्तिका बिषयमा सोधिएका प्रश्नहरुका औसत भन्दा राम्रो जवाफ दिएका थिए ।

पहिलो दिनको तुलनामा 'भिभिआइपी'हरु धेरै भएको दोश्रो दिनको प्यानलमा प्रधानमन्त्री कोलम्बियाका राष्ट्रपति इभान डुके, आर्मिनियाका प्रधानमन्त्री निकोल पाशिन्यान, न्यूयोर्क टाइम्सका प्रकाशक एर्थर ग्रेग सल्चबर्जर र लिडरसिपन नाउ नामक परियोजनाकि अधिकारी डानिला बानुआरेससँग थिए । 

यसरी  'भिभिआइपी'हरु धेरै भएको सेसनमा औसत भन्दा राम्रो सवालजवाफ गरेका प्रधानमन्त्रीले पहिलो दिनको सेसनमा भने राम्रो गर्न  सकेनन । 'स्ट्राटेजिक आउट लुक अन साउथ एसिया' अर्थात 'दक्षिण एसियाको रणनितिक दृष्टिकोण' विषयमा बोल्दा भने प्रधानमन्त्री ओली कमजोर देखिए । 

भारतिय केन्द्रिय बैंकका पुर्व गभर्नर रघु राजन, अफगानिस्तानका प्रमुख कार्यकारी अबदुल्लाह अबदुल्लाह र नर्वेको दक्षिण एसियामा पनि लगानी रहेको टेलिनर ग्रुपका सिइओ सिख ब्रेकसँगको सेसनमा ओलीले  स्तरिय प्रदर्शन गर्न सकेनन । 

आकर्षक आत्मविश्वास, बुझिने अंग्रेजी र शारिरिक हाउभाउ भएपनि प्रधानमन्त्रीले मंगलबारको सेसनमा राम्रो गर्न सकेनन । यी हुन हाल युट्बुममा पनि हेर्न सकिने पहिलो दिनको सेसनमा प्रधानमन्त्रीले गरेका पाँच गल्तिहरु-

१. बेप्रसंग नेपालमा लागनी ल्याउनुस भन्ने उत्तर

नेपालमा लगानी आवश्यक छ । तर, प्रधानमन्त्री ओली सहभागी भएको प्रथम सेसनमा लगानीको कुरा आएकै थिएन । तर, सेसनको शीर्षक भन्दा बाहिर गएर प्रधानमन्त्री ओलीले जबरजस्त नेपालमा लगानी गर्न  आह्वान गरे । 

'दक्षिण एसियाको रणनितिक दृष्टिकोण' शिर्षक रहेको सेसनको मुल मर्म दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन सार्कको अध्यक्ष भएको नेपालका प्रधानमन्त्रीबाट क्षेत्रिय सवालको उत्तर खोजिएको थियो । तर, प्रधानमन्त्रीले नेपाल केन्द्रित जवाफ दिए । नेपालमा लगानी गर्ने सवालमा भन्नै परेपनि प्यानलमा एक वाक्यमा सक्नुपर्ने कुरा प्रधानमन्त्रीले पट्यारलाग्लो र लामो प्रवचन दिए । 

२. विषयान्तर गर्दै जलवायु परिवर्तनको व्याख्या

नेपालमा १५ प्रतिसत क्षेत्र हिँउ र ४५ प्रतिसत क्षेत्र जंगलले ढाकेको प्रधानमन्त्रीले बताए । नेपालले विकासको कुरा गर्दा वातावरण पनि सोच्ने भन्दै प्रधानमन्त्रीले यस्तो तर्क राखे । जलवायु परिवर्तनको बारेमा कुनै प्रश्न वा प्रसंग नआइकन प्रधानमन्त्रीले यस बारेमा आफ्नो व्याख्या दिए । 

३. बाहिरि विश्वले नपत्याउने नेपालमा जलमार्गको कुरा 

नेपालले भारत र चीन पुग्ने रेल काठमाण्डौबाट चलाउने कुरा गरे प्रधानमन्त्रीले । उनले सार्क जस्तै विमस्टेक अध्यक्ष भएर सफलतापुवर्कक सम्मेलन गराएको पनि बताए । हवाइमार्ग, रेलमार्ग जस्तै  भारतबाट जलमार्गका कामहरु पनि नेपालमा भएको बताए । तर, नेपाल विश्वको भूपरिबेष्ठित देश हो । नेपालको समुन्द्रमा आफ्नै भूगोलबाट पुग्ने पहुँच छैन । यस्तो अवस्थामा जलमार्गका कुरा गरेपनि कसरी र कुन रुटमा भनेर प्रधानमन्त्रीले प्रष्ट पार्न सकेनन । 

हाल नेपालमा चर्चामा रहेको गण्डकि र कोशीमा पानी जहाज चलाउने कुरा नेपालमै  पनि अविश्वास भइरहेको बेला नेपालमा जलमार्गको कुरा प्रधानमन्त्रीले  भूपरिवेष्ठित मुलुक स्विट्जरल्यान्डको डाबोस शहरमा पुगेर पनि गरे । विश्वले भूपरिवेष्ठित मुलुक भनेर चिनेको र नेपालमै पनि    जलमार्गका बारेमा प्रश्नहरु आइरहेको बेला प्रधानमन्त्रीले तर्क मात्रै हैन तथ्य र तथ्यांक सहित जलमार्गका कुरा गनुपथ्र्यो । जुन गर्न सकेनन । 

४.सार्क सम्मेलनको बारेमा अस्पष्ट उत्तर

प्यानल डिस्कसनमा प्रधानमन्त्री ओलीलाइ दक्षिण एसियाली मुलुकहरुको द्धन्द्ध, तनावले यो क्षेत्रको विकासमा कस्तो बाधा छ भन्ने प्रश्नमा उनले स्तरिय उत्तर दिएनन  । उनले सार्क देशहरुका विचमा सहमतिको र विकासको लागी काम गर्न खोजेको बताए । कनेक्टिभिटिका बारेमा काम गर्नुपर्ने बताए । 

तर, सार्कलाइ प्यारालाइसिस बनाउने गरिको विश्वले हेरिरहेको भारत पाकिस्तान तनाव बारेमा अध्यक्ष राष्ट्रको रुपमा सार्क शिखर सम्मेलनको बारेमा उनले बोलेनन । राजनितिक सहमतिका कुराहरुमा भन्दा भौतिक कनेक्टिभिटि र विकासका कुराहरुमा प्रधानमन्त्रीले धेरै बोले । 

५. मेसिनले मान्छे विस्थापित गर्ने प्रश्नमै पुगेनन
​​​​​​
मेसिनले मान्छेको श्रमलाइ विस्थापित गर्ने बारेमा  बढेको तनाव बारेमा के भन्नुहुन्छ भन्ने फ्लोरबाट आएको  प्रश्नमा प्रधानमन्त्रीले प्रष्ट जवाफ दिएनन । नेपालका थुप्रै युवाहरु विदेशमा भएको र नेपाल ल्याउन चाहेको त बताए । तर, मेसिनको प्रसंगमा उनी आउँदै  आएनन । 

नेपालमा कति औद्योगिक क्षेत्रमा मेसिन र कति मानिष प्रयोग भएका छन र अबको चौथौ औद्योगिक क्रान्तीका दौरान मेसिनले मान्छेको रोजगार खोस्छ वा खोस्दैन भन्ने बारेमा प्रधानमन्त्रीले आँकडा दिन सक्थे । आँकडा नभएपनि कुनै आफ्नो सोच भन्न सक्थे । त्यो भनेनन । मात्रै नेपाल अब चाँडै तिब्र आर्थिक बृद्धिदर भएको मुलुक हुने बताए । तर, कसरी भन्ने ठोस प्रमाणहरु दिएनन । तथ्य र तथ्यांकहरु प्रस्तुत गरेनन ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।