बिहीबार, वैशाख १३, २०८१

पुल निर्माण भएको आठ वर्षपछि सडक संचालन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
वीरगंज- वीरगंज महानगरपालिकाको इटियाहीमा निर्मित पक्की पुल निर्माण सम्पन्न भएको आठ वर्षपछि प्रयोगमा ल्याइएको छ।

वीरगंज महानगरपालिकाले बल प्रयोग गरी वडा नम्बर २३ पर्सौनीको इटियाही टोलमा निर्मित मनियारी-पर्सौनी सडक खण्डमा पर्ने सिर्सिया नदीमाथि निर्मित पुल जोड्ने सडक संचालन गराएको हो।

वीरगन्ज वडा नम्बर २३ पर्सौनीको इटियाही टोलमा स्थित सिर्सिया नदी पुल निर्माण शिलान्यासको एश दशकपछि  बिहिबारदेखि उक्त बाटो संचालनमा आएको हो।

ऐलानी जग्गा अतिक्रमण गरय बनाइएका आधा दर्जन घर टहरा र गोठ  बल प्रयोग गर्दै महानगरपालिकाले भत्काएपछि बाटोको अवरोध हटेको छ। इटियाहीका सिवपुजन सहनी, विनोद सवान,रुदल सहनी रामलाल पासवान,खोभारी पासवान लगायत आधादर्जन व्यक्तिहरुका घरटहराहरु महानगरापलिकाले डोजर चलाएर भत्काएको छ।

वडा नम्बर २३का वडाअध्यक्ष अवधकिशोर कुशवाहा लगायत स्थानीय जनप्रतिनिधि तथा  समाजसेवीको सक्रिय सहयोगमा  सरसफाई महाशाखाका प्रमुख राजकृष्ण ताम्राकारको नेतृत्वमा पुगेको कर्मचारी तथा नगर प्रहरीको टोलीले जनप्रतिनिधि तथा नेपाल प्रहरीको सहयोगमा बल प्रयोग गर्दै घरमा रहेका सबै सामान झिकेर डोजर चलाएको थियो। 

 पर्सा क्षेत्र नम्बर १ का तत्कालीन सांसद अजय द्धिवेदीको सक्रियतामा २०६४ सालमा सिर्सिया खोला पुलको शिलान्यास गरी निर्माण शुरु गरिएको थियो। करिब ४ करोड रुपैयाँको लागतमा  दुई वर्षमा पुल निर्माण भएपनि इटियाही टोलवासीको अतिक्रमणले  पुल जोडने सडक खुलाउन नसकिएको कारण ८ वर्षदेखि  संचालनमा आउन सकेको थिएन।

सडक संचालनमा आएपछि मनियारी,अपौनी लगायत महानगरपलिकाका विभिन्न वासीहरुको वीरगन्जदेखिको आवागमन छोटो र सहज बनेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्