शनिबार, वैशाख ८, २०८१

नेपालमा अवसर खोज्दै जापान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपालमा अवसरको खोजी गर्दै जापानी टोली आएका छन्। टोलिले उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनसँग भेट गरेका छन्। मन्त्री पुन र नेपालको भ्रमणमा रहेको जापानी प्रतिनिधि मण्डलबीच बिहीबार भेटवार्ता भएको हो। 

जापानको कृषि तथा वन मन्त्रालयका अन्र्तराष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामी नाकादाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले सिंहदरवारस्थित उर्जा मन्त्रालयमा मन्त्री पुनसँग भेटवार्ता गरेका हुन्।

भेटमा उर्जामन्त्री पुनले जापान नेपालको पुरानो विकास साझेदार मुलुक भएको भन्दै नेपालको विकासमा जापानले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे। उनले उर्जा र जलस्रोत मन्त्रालयअन्तर्गतका विभिन्न आयोजनमा जापानले गर्दै आएको  प्राविधिक र अर्थिक सहयोगलाई निरन्तरता प्रदान गर्न आग्रह गरे।

नेपालको कृषि क्षेत्रको विकासको लागि सिंचाईको महत्वपूर्ण भूमिका हुने भन्दै मन्त्री पुनले त्यसका लागि मन्त्रालयले भेरी ववई, रानी जमरा लगायतका केही ठूला आयोजना अघि बढाइरहेको जानकारी दिए। ‘हामीले बर्षभरी नै सिंचई गर्न सजिलो होस् भनेर केही ठूला आयोजनाहरु अघि बढाएका छौं। हाम्रो भुगोल सुहाउदो सिंचाईको प्रविधिको विषमा पनि मैले मातहतका निकायलाई निर्देशन दिएको छु,’ उनले भने ‘तपाईहरु जस्ता विज्ञहरु आउदा यो क्षेत्रको प्रविधिको अध्ययन र अनुसन्धानमा सहयोग होस् भन्ने हाम्रो अपेक्षा हो।’ जल उत्पन्न प्रकोप नियन्त्रयण केन्द्र स्थापना गर्न जापानले सहयोग गरेको जानकारी दिदै सिंचाई र उर्जा क्षेत्रको अध्ययन अनुसन्धानमा आगामी दिनमा समेत सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे। 

अन्र्तराष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामीले जापानले नेपाललाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको जानकारी दिदै आगामी दिनमा अझै सहयोग गर्न जापान सरकार तयार रहेको बताए। उनले नेपाल कृषि प्रधान देश रहेको भन्दै कृषि क्षेत्रमा सहयोग गर्न आफुहरु तयार रहेको धारणा राखेका छन्।‘नेपालमा के कस्ता सम्भावनहरु छन्। हामी त्यसको अध्ययन, अनुसन्धानको लागि भ्रमणमा आएका छौं,’ उनले भने ‘जापानको निजी क्षेत्र पनि नेपालमा लगानी गर्न इच्छुक छ।’उनले सिंचाई र पानीको क्षेत्रमा जापानको लामो अनुभव भएको भन्दै त्यसको ज्ञान वाड्न आफुहरु इच्छुक रहेको बताएका छन्।  

भेटमा नेपालका लागि जापानी राजदूत मसामिची सैगो समेत सहभागी थिए। उनले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीका जापान भ्रमण र जापानी परराष्ट्रमन्त्रीको नेपाल भ्रमणको वेला कृषि क्षेत्रमा सहकार्य गर्ने सहमती भएको भन्दै यो भ्रमणदल नेपाल आउनु त्यसको निरन्तरता भएको जानकरी दिए। उक्त भ्रमण दलमा कृषी मन्त्रालयमा कार्यरत उच्च अधिकारीका साथै,सिंचाई क्षेत्र हेर्ने इन्जिनियर, वन विज्ञ र निजि क्षेत्रका व्यवसायी समेत सहभागी छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्