काठमाडौं- रुस्लान थ्री स्टार क्लब सिमरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको सेमिफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै थ्री स्टार प्रतियोगिताको फाइन प्रवेश गरेको हो ।
खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा थ्री स्टारले एक गोल गर्दै जित शुनिश्चित गर्यो । थ्री स्टारको जितका लागि विदेशी खेलाडी फोफाना फोडेले खेलको एक मत्र निर्णायक गोल गरे । उनले खेलको ७१ औं मिनेटमा गोल गरे ।
अब शनिबार हुने फाइनल खेलमा प्रतियोगिताको उपाधिका लागि थ्री स्टारले विभागयि टोली नेपाल आर्मीको सामना गर्नेछ । प्रतियोगिताको विजेता टोलीले ६ लाख प्रप्त गर्ने छ भने दोस्रो हुने टोलीले ३ लाख प्राप्त गर्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४