बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • राप्रपालाई कांग्रेस र कम्युनिस्टको वैकल्पिक शक्ति बनाउँछौँ : कमल थापा

राप्रपालाई कांग्रेस र कम्युनिस्टको वैकल्पिक शक्ति बनाउँछौँ : कमल थापा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
हेटौँडा- राप्रपा अध्यक्ष कमल थापाले कम्युनिष्ट र काङ्ग्रेसको वैकल्पिक शक्तिका रुपमा राप्रपालाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

कम्युनिस्टको विचार बोकेर कांग्रेस कम्युनिष्टको विकल्प बन्न नसक्ने जिकिर गर्दै उनले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयता कम्युनिष्टको एजेन्डा भएकाले त्यो कांग्रेसले बोक्दा काङ्ग्रेस कम्युनिस्ट भाइ पार्टी मात्र हुन्छ। 

‘हिन्दूत्व जनजाँगरण अभियान’ अन्तर्गत हेटौँडा-६ मा उक्त पार्टीद्वारा मंगलबार आयोजित घरदैलो कार्यक्रममा अध्यक्ष थापाले धर्म, संस्कृति र पहिचानको रक्षाका लागि एक पटक सबै उठ्नुपर्ने समय आएको विचार व्यक्त गरे। 

मुलुकमा भ्रष्टाचार मौलाएको छ भन्दै उनले वाइड बडी विमान काण्ड, सुन काण्ड र विदेशमा राखिएको कालो धन छानबिनको विषयमा सरकार उदासीन हुनु दुर्भाग्यपूर्ण भएको बताए। 

निर्मला पन्तको विषयलाई अहिलेसम्म टुङ्गोमा पुर्‍याउन नसक्नु सरकारको निमित्त लज्जाको विषय बन्नुपथ्र्यो भन्दै उहाँले विधिको शासन छैन, मनपरि छ, जसले जे गरे नि हुने अवस्था लोकतन्त्रको निमित्त घातक हुनसक्नेमा जोड दिए।
 
राप्रपा कुनै धर्मको विरोधी नभएको भन्दै धर्म निरपेक्षताले मुलुकमा धार्मिक सद्भाव र द्वन्द्व निम्त्याइएको चर्चा गर्दै थापाले भने, 'गरीबी र अशिक्षाका कारण धर्म परिवर्तन गराइएको छ, यो रोकिनु पर्छ।'
 
उक्त अभियानमा राप्रपा सहायक महामन्त्री राजाराम बर्तौला, नगरध्यक्ष गुरुप्रसाद सापकोटालगायतले सम्बोधान गर्नुभएको थियो। सभापछि घरदैलो कार्यक्रम गर्दै वडा परिक्रमा गरिएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।